#समाचार सन्दर्भ# कोभिड-१९ खोपको असन्तुलित वितरण विश्वको लागि एउटा प्रकोप
2021-06-23 19:09:52cri
Share with:

#समाचार सन्दर्भ# कोभिड-१९ खोपको असन्तुलित वितरण विश्वको लागि एउटा प्रकोप_fororder_1

स्थानीय समय जुन २१ तारिख, अमेरिकी ह्वाइट हाउसले ५करोड ५०लाख डोजको कोभिड-१९ खोप विश्वव्यापी वितरणको योजना सार्वजनिक गरेको छ। यस अघि अमेरिकी सरकारले जुन महिनाको अन्तिमसम्म विश्वलाई ८करोड डोज खोपको प्रदान वचन-वद्धता गरेको थियो। त्यसपछि ह्वाइट हाउसले फेरि भन्यो कि जुनको आरम्भमा घोषणा गरिएको २ करोड ५० लाख खोप ढुवानीमा छँदैछ तर बाँकी ५ करोड ५०लाख खोप जुनको अन्तिममा विदेशतिर पठाउन सकिँदैन। ह्वाइट हाउसका प्रवक्ताले यसरी व्याख्या गर्नुभयो, स्थगित हुनुको कारण रसद समर्थनमा राखिएकोले खोपको आपूर्ति पर्याप्त रहेको छ। तर अमेरिकाले यस पटकको विश्व खोप वितरण योजना, संख्या र आपूर्तिको कार्यकूशलताबाट हेर्दा भरिपूर्ण सदिच्छा देखाएको छैन।

#समाचार सन्दर्भ# कोभिड-१९ खोपको असन्तुलित वितरण विश्वको लागि एउटा प्रकोप_fororder_3.JPG

अमेरिकी खोपको ढिलाइबाट उक्त खोपमाथि अपेक्षाकृत मुलुकलाई निराश बनाएको छ। पछिल्लो समय अमेरिकाको अर्को व्यवहारले पनि विश्वमाथि उपहास गरेको छ। हालै अमेरिकाले ट्रिनिटाड र टोब्याकोलाई ८० बोतल खोप प्रदान गरेको छ। यो मुलुकमा १४लाख जनसंख्या रहेकोले ८०बोतलका खोपबाट लगभग २०० जनाले मात्रै खोप लगाउन पुग्छ। विभिन्न मुलुकका नेटिजनले इन्टरनेटमा अचम्मित भएको व्यक्त गरेः ‘अमेरिका कत्ति पनि उदार होइन। यस्तो व्यवहारबाट अमेरिका एउटा विकसित मुलुकको रूपमा पनि कति लोभी रहेछ भन्ने झल्किन्छ। अमेरिकाले धेरै बोल्ने तर थोरै काम गर्ने गरेको वास्तविकता देखाइएको छ।’

#समाचार सन्दर्भ# कोभिड-१९ खोपको असन्तुलित वितरण विश्वको लागि एउटा प्रकोप_fororder_2.JPG

सबैलाई थाहा छ, खोप नै कोरोना भाइरस महामारीलाई पराजित गर्ने एक महत्वपूर्ण विषय हो। जतिसक्दै धेरै मानिसले खोप लगाएमा भाइरस विश्वभरि फैलिनबाट जोगाउन सकिन्छ। विश्व स्वास्थ्य संगठनअन्तर्गत अफ्रिका क्षेत्रका प्रमुख माट्शिडिसो रेबेका मोइटीले भन्नुभयो, ‘अफ्रिकामा महामारीको तेस्रो लहर फैलिँदैछ। धेरै अफ्रिकी सर्वसाधारणको जीवन खतरामा छ। अफ्रिकामा पहिलो डोज खोपको दर करीब २ प्रतिशत छ। तर अमेरिका र बेलायतको प्रतिनिधित्वमा विकसित मुलुकहरूले धेरै खोप कब्जा गरिरहेका छन्। तथ्यांकअनुसार, अमेरिका सरकारले नियन्त्रणमा लिएका खोपले ७५ करोड जनताले लगाउन पुग्छ। हाल अमेरिकी वयस्कको संख्या करीब २६ करोड छ। धेरै अमेरिकी सञ्चार-माध्यमहरूले जनाएअनुसार, अमेरिकी केही क्षेत्रहरूमा खोप खेर जाने अवस्था छ। एकापट्टि केही मुलुकहरू “खोपको मरुभूमि”मा परेकाले पर्खिँरहेका छन्। अर्कोपट्टि अमेरिकाले १०करोड डोज खोप भण्डार गरिछाडेको छ। अमेरिकी भक्स समाचार नेटवर्कले अमेरिकाको यति ठूलो भण्डारणप्रति अचम्म लागेको बताउँदै तर विश्वलाइ नबाँड्नु नैतिकताका हिसाबले अनुचित भएको कुरा जनाएको छ।

#समाचार सन्दर्भ# कोभिड-१९ खोपको असन्तुलित वितरण विश्वको लागि एउटा प्रकोप_fororder_4

अमेरिका लगायतका विकसित मुलुकहरूले खोप कब्जा गरेको अवस्थामा फरक भएको के हो भने चीनले सीमित उत्पादन क्षमता, आफ्नो ठूलो मागको अवस्थामा पनि हालसम्म अन्तर्राष्ट्रिय समाजलाई ३५ करोड डोज खोप लगाइसकेको, ८० वटा जरुरी आवश्यक विकासोन्मुख मुलुकलाई खोप सहायता दिएको, ४० वटा मुलुकतर्फ खोप निर्यात गरेको छ। जुन २१ तारिख चीनले ६० वटा विकासोन्मुख मुलुकको तर्फबाट संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ४७औं सम्मेलनमा साझा प्रवचन गर्दै विश्वको कोरोना भाइरस खोपको निष्पक्ष वितरण गर्न आह्वान गरेको छ। चीनले मानव भाग्य समुदायको अवधारणालाई व्यवहारमा उतार्दैआएको, विकासोन्मुख मुलुकलाई खोप उपलब्ध गराउँदैआएको र उनीहरूलाई महामारी पराजित गर्न मद्दत दिँदै आएको छ।

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुसले सबै खोपको ४४ प्रतिशत धनी मुलुकमा प्रयोग गरिएको बताउँदै अति गरिब मुलुकमा ०.४ प्रतिशत मात्रै प्रयोग गरिएको बताउनुभयो। अमेरिकाको खोप खेर जाने र म्याद गुज्रिने अवस्थामा छ। तर अमेरिकाले मद्दत चाहने मुलुकलाई सहयोगको धारणा देखाएको छैन। खोप वितरणको असन्तुलन नयाँ नैतिक पतन भएको छ। अमेरिकाले सदिच्छा लिनुपर्ने, प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्ने र खोपको वितरणमा प्रकोपकारी बन्नबाट जोगिनुपर्ने छ।