क्यानाडामा आदिवासीहरू विरूद्ध गम्भीर अपराधहरूको पूर्ण छानबिन गर्न आवश्यक
2021-06-23 20:38:58cri
Share with:

क्यानाडामा आदिवासीहरू विरूद्ध गम्भीर अपराधहरूको पूर्ण छानबिन गर्न आवश्यक_fororder_2

२२ तारिखमा संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्को ४७औं सम्मेलनमा रुस, बेलारुस, उत्तर कोरिया, इरान, सिरिया र अन्य देशहरूले क्यानाडाको मानव अधिकार सम्बन्धी विषयमा संयुक्त भाषणमा क्यानाडालाई मानवअधिकार उल्लंघनका गतिविधि तुरुन्त रोक्न आग्रह गरेका छन्।

संयुक्त भाषणमा औंल्याइएको छ कि क्यानाडाले इतिहासमा आदिवासी जनजाति विरूद्ध विभिन्न अपराध गरेको छ: भूमि लुट्ने, ज्यान मार्ने, संस्कृति निर्मूल गर्ने आदि। के यी अपराधहरु परिचित लाग्दैनन् र? जब क्यानाडाले अमेरिका, बेलायत र अन्य देशहरूसँग मिलेर चीनविरूद्ध "नरसंहार" जस्ता झुट बोल्ने जस्ता आक्रमण गरिरहेका छन्। तथ्यले मानिसहरूलाई भन्छ: यस्ता घटनाहरू वास्तवमै क्यानाडा जस्तै देशमा हुँदै आइरहका छन्। क्यानाडाली सिनेटका पीटर हार्डरले भन्नुभयो कि, "क्यानाडामा भएका यी भयानक ऐतिहासिक तथ्यहरू र क्यानाडाले चीनलाई नैतिक श्रेष्ठता र आत्म-धार्मिकताको कुरा सिकाउनु आफैंमा  विरोधाभासी छ।"

हाल, क्यानाडामा २०० भन्दा बढी आदिवासी बच्चाहरूको लाश पत्ता लागेको प्रतिक्रियामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् अन्तर्गतका बहुसंख्यक एजेन्सीका विशेष प्रतिनिधि र विज्ञहरूले संयुक्त विज्ञप्ति जारी गरी क्यानाडालाई पूर्ण छानबिन गर्न आग्रह गरेका छन्।

यो अन्तर्राष्ट्रिय समुदायबाट आएको आवाज हो। क्यानाडाले आदिवासीहरूमाथि गरिएको गम्भीर अपराधको गहन छानबिन गर्न आवश्यक छ।