माओ स्वीद्बारा आफैलाई सिफारिश-2
2021-06-23 09:27:03cri
Share with:

माओ स्वीद्बारा आफैलाई सिफारिश-2_fororder_01

माओ स्वीले आफूले आफैलाई सिफारिश गरेर आएको हुनाले अरु उन्नाइसजना बैठकेले उनलाई हेला गरेका थिए। माओ स्वीमा के विशेष क्षमता छ भन्ने तथ्य पत्ता लगाउनका लागि ती बैठकेहरुले माओ स्वीलाई सम्झाएः “श्री माओ, यति लामो समयसम्म वार्ता गरेर पनि केही उपलव्धि हासिल हुन नसक्नुको कारण के होला? तपाईं भित्र गएर सोध्नुहोस न।”

माओ स्वीले उनीहरुको प्रस्ताउ स्वीकार गरे र कमरमा बाँधिएको तरवारलाई बेस्सरी समातेर छु राज्यका सम्राट सामु गए र भनेः“महासम्राट, छु राज्य र चाउ राज्यले मिलेर छिन राज्यको प्रतिकार गर्नु निकै जरुरी छ। एक-दुइ शब्दमा यस कुराको निर्णय गर्न सकिन्छ। तर विहानदेखि अहिलेसम्म कुनै उपलव्धि हासिल नहुनुको कारण के हो?”

माओ स्वीले जान्ने भएर आफूसँग उक्त प्रश्न सोधेकोमा छु राज्यका सम्राटलाई धेरै बेमजा लाग्यो र उनले माओ स्वीसँग कुरै नगरिकन फिंग युआन च्युनलाई सोधेः

“ यो मान्छे को हो ?” 

फिंग युआन च्युनले भनेः “उ मेरो बैठके हो।”

छु राज्यका सम्राटले निकै रिसाएर माओ स्वीलाई गाली गरेः“म र तिम्रो मालिकसँग कुरा गर्दा तिमीले पनि हाम्रो कुरा काट्यौ, तिमी को हौ?” 

सम्राटको यो कुरा सुनेर निकै क्रोधित भएको माओ स्वीले तरबार निकालेर सम्राटतीर दुइ पाइला बढेर ठूलो स्वरमा भनेः“आदरणीय सम्राट, तपाईंले मलाई गाली गर्ने आँट गर्नुको कारण हो, छु राज्य ठूलो छ र अहिले तपाईंका वरिपरि धेरै अंगरक्षक छन। तर म र तपाईं बीच दश पाइलाको मात्र दूरी भएकाले छु राज्य ठुलो भएर पनि र अंगरक्षक बढी भएर पनि तपाईंको प्राण मेरो हातमा छ, के को लागि तपाईंले मलाई गाली गर्नुभएको? भनेर सोध्यो”