नयाँ चीनको स्थापनापछि चिनियाँको औसत उमेरमा कति सुधार?
2021-06-24 16:26:56cri
Share with:

नयाँ चीनको स्थापनापछि चिनियाँको औसत उमेरमा कति सुधार?_fororder_r1

नयाँ चीनको स्थापनापछि चिनियाँको औसत उमेरमा कति सुधार?

चीनको राज्य परिषदको प्रेस कार्यालयले जुन २४ तारिख सार्वजनिक गरेको “चिनियाँ कम्युनिष्ट पार्टीको मानव अधिकार सम्मान तथा प्रत्याभूतिको बृहत् अभ्यास” शीर्षकको श्वेत पत्रअनुसार, चिनियाँ वासिन्दाको औसत अनुमानित जीवन सन् १९४९ को ३५ वर्षबाट बढेर सन् २०१९को ७७.३ वर्ष पुगेको छ।

चिनियाँ वासिन्दाको मुख्य स्वास्थ्य सूची मध्य तथा उच्च आम्दानी मुलुकहरूको औसत स्तरभन्दा राम्रो छ।

नयाँ चीनको स्थापनापछि चिनियाँको औसत उमेरमा कति सुधार?_fororder_r2

चिनियाँको प्रति व्यक्ति आवास क्षेत्रफल कति ठूलो?

चीनको राज्य परिषदको प्रेस कार्यालयले जुन २४ तारिख सार्वजनिक गरेको “चिनियाँ कम्युनिष्ट पार्टीको मानव अधिकार सम्मान तथा प्रत्याभूतिको बृहत् अभ्यास”शीर्षकको श्वेत पत्रअनुसार, चिनियाँ शहरी वासिन्दा र ग्रामीण क्षेत्रका वासिन्दाको प्रति व्यक्तिको आवास क्षेत्रफल सुधार तथा खुलापन नीति लागू भएको शुरुको ६.७ वर्गमिटर र ८.१ वर्गमिटरबाट बढेर सन् २०१९को ३९.८ वर्गमिटर र ४८.९ वर्गमिटर पुगेको छ र यी दुबै ६ गुणाले वृद्धि भएको छ।

नयाँ चीनको स्थापनापछि चिनियाँको औसत उमेरमा कति सुधार?_fororder_r3

नयाँ चीनको स्थापना भएपछि निरक्षर कति घटेको?

चीनको राज्य परिषदको प्रेस कार्यालयले जुन २४ तारिख सार्वजनिक गरेको “चिनियाँ कम्युनिष्ट पार्टीको मानव अधिकार सम्मान तथा प्रत्याभूतिको बृहत् अभ्यास”शीर्षकको श्वेत पत्रअनुसार, सन् १९४९ नयाँ चीनको स्थापना हुँदा चीनको ५४ करोड जनसंख्यामध्ये निरक्षर दर ८० प्रतिशत भएको थियो। सन् २०२०मा चीनको १ अर्ब ४१ करोड जनसंख्यामध्ये निरक्षर दर २.६७ प्रतिशत भएको छ। नौ वर्षीय अनिवार्य शिक्षा दर ९५.२ प्रतिशत भएको छ र विश्वको उच्च आम्दानी भएको मुलुकको औसत स्तरभन्दा बढी भएको छ।

नयाँ चीनको स्थापनापछि चिनियाँको औसत उमेरमा कति सुधार?_fororder_r5

चीनले शान्ति सुरक्षाका लागि पठाएका सेना कति?

चीनको राज्य परिषदको प्रेस कार्यालयले जुन २४ तारिख सार्वजनिक गरेको “चिनियाँ कम्युनिष्ट पार्टीको मानव अधिकार सम्मान तथा प्रत्याभूतिको बृहत् अभ्यास” शीर्षकको श्वेत पत्रअनुसार शान्त माध्यमले विवादको समाधान गर्न प्रवर्द्धन गर्दै विश्व शान्ति र क्षेत्रीय सुरक्षाको स्थिरताको संरक्षणका लागि सन्१९९०देखि चिनियाँ सेनाले औपचारिक रुपमा संयुक्त राष्ट्र संघीय शान्ति संरक्षण गतिविधिमा भाग लिन थालेको छ। हालसम्म चीनद्वारा सुडान,लेबनान,कम्बोडिया,लिबिया आदि मुलुक तथा क्षेत्रमा पठाइएका जम्मा गरी ४० हजारभन्दा बढी शान्ति सेनाले लगभग ३० शान्ति संरक्षण गतिविधिमा भाग लिएका छन्।

हाल चीन नै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्य मुलुकमध्ये सबैभन्दा बढी शान्ति संरक्षक सेना पठाएको मुलुक मात्र नभई संयुक्त राष्ट्र संघीय शान्ति संरक्षणको खर्चका लागि दोस्रो ठूलो योगदान दिने मुलुक हो।

नयाँ चीनको स्थापनापछि चिनियाँको औसत उमेरमा कति सुधार?_fororder_r6

कति मुलुकमा चिनियाँ चिकित्सा सहायता?

चीनको राज्य परिषदको प्रेस कार्यालयले जुन २४ तारिख सार्वजनिक गरेको “चिनियाँ कम्युनिष्ट पार्टीको मानव अधिकार सम्मान तथा प्रत्याभूतिको बृहत् अभ्यास” शीर्षकको श्वेत पत्रअनुसार वैदेशिक सहायता अन्तर्गत ७०भन्दा बढी वर्ष यता जम्मा गरी १६६ मुलुक,क्षेत्र र अन्तर्राष्ट्रिय संगठनसँगै एशिया,अफ्रिका,ल्याटिन अमेरिका,क्यारेबियन,ओशिनियाका ६९ मुलुकमा चिकित्सा सहायता प्रदान गर्नका लागि ६लाखभन्दा बढी व्यक्ति पठाएको छ।

आफ्नो विकास र गरिबी न्यूनिकरणका लागि प्रयास गरिरहेको चीनले प्राविधिक सहयोग र श्रम स्रोत सहयोग,आकस्मिक मानवीय सहायता आदि तरिकाले अन्य विकासोन्मुख मुलुकलाई राजनीतिक पूर्वाधाररहित विकास सहायता प्रदान गर्दै आएको छ। जसबाट यी विकासोन्मुख मुलुकको आत्म-विकास क्षमता,आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्न सकिन्छ।