शाङ हाइ सहयोग संगठनद्वारा क्षेत्रीय शान्तिको संरक्षण र क्षेत्रीय विकासलाई बढाउन नमूना प्रदान गरेको #चीनकोविकास
2021-06-24 10:15:14cri
Share with:

शाङ हाइ सहयोग संगठनद्वारा क्षेत्रीय शान्तिको संरक्षण र क्षेत्रीय विकासलाई बढाउन नमूना प्रदान गरेको #चीनकोविकास_fororder_src=http___img.zcool.cn_community_014bec59fc4757a801202b0c6631b6&refer=http___img.zcool

जुन १५ तारिख शाङहाइ सहयोग संगठन स्थापना भएको २० औँ वार्षिकोत्सव हो। सुरूमा ६ वटा सदस्य मुलुकबाट हाल ८ वटा सदस्य मुलुक, ४ वटा पर्यवेक्षक मुलुक, ६ वटा वार्ता साझेदारीसम्म विकास भएको शाङ हाइ सहयोग संगठनले क्षेत्रीय शान्तिको संरक्षण र क्षेत्रीय विकासलाई बढाउनुक साथै बहु-पक्षीयवादको संरक्षण र अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रीकरण बढाउन नमूना प्रदान गरेको छ।

बीस वर्षको विकासमा यस संगठनले “पारस्परिक विश्वास,साझा हित,समान,सल्लाह,विविध सभ्यताको सम्मान,साझा विकासको खोजी” भावना लिँदै अन्तर्राष्ट्रिय विवाद,नागरिक आदानप्रदान आदि क्षेत्रमा निकै महत्वपूर्ण भूमिका सिर्जना गर्दै आएको छ। यसप्रति प्रमुख सुनका अनुसार धेरै वर्ष पार गरी शाङ्हाई सहयोग संगठनका सदस्य मुलुकको संख्या शुरुवातको ६ बाट हालको ८ पुगेको छ। साथै यससँग ४ पर्यवेक्षक मुलुक र ६ वार्ता साझेदारी मुलुक रहेका छन्।

आर्थिक तथा व्यापारिक सहयोग सम्बन्धमा वर्तमान शाङहाई सहयोग संगठनको कूल आर्थिक मात्रा २०० खर्ब अमेरिकी डलर बराबर छ भने स्थापनाको सुरुवातभन्दा १३ गुणाले बढेको छ। विदेशका लागि यस संगठनको कूल व्यापार रकम ६६ खर्ब अमेरिकी डलर पुगेको छ भने बीस वर्ष अघिभन्दा १०० गुणाले बढेको छ। यसप्रति चीनको विदेशी अर्थतन्त्र व्यापार विश्वविद्यालयअन्तर्गत भूमण्डलीकरण र चीन आधुनिकिकरण समस्या अनुसन्धान व्युरोका प्रमुख वाङ ची मिनका अनुसार चीनसँग प्रचुर उत्पादन स्रोत र अपेक्षाकृत प्रचुर पूँजी रहेको छ। यस संगठनका अन्य सदस्य मुलुकका राष्ट्रिय स्रोत र श्रम स्रोत प्रचुर छ। चीन र शाङहाई सहयोग संगठनका सदस्य मुलुकबीचको व्यापारिक पूरकता बढ्दै गएको छ भने आर्थिक तथा व्यापारिक सहयोगको भविष्य उज्यालो छ। शाङहाई सहयोग संगठन नै चीनद्वारा प्रस्तुत रेशमी मार्ग आर्थिक बेल्ट र रुसद्वारा प्रस्तुत युरोप एशिया आर्थिक लिगलाई समन्वय गर्ने मञ्च बनेको छ भने यो चीन र रुसबीचको एक महत्वपूर्ण सहमति पनि हो।

अन्तर्राष्ट्रिय राजनीतिक शास्त्र क्षेत्रमा यस्तो भनाइ छ कि युरेशियाले विश्वको भू-राजनीतिक परिदृश्यको रचना गर्न निकै महत्वपूर्ण प्रभाव पारेको छ। शाङ हाइ सहयोग संगठन युरेशियाको ६० प्रतिशत क्षेत्रफलमा फैलिएको छ भने जनसंख्या विश्वको लगभग आधा पुगेको छ जुन अन्तर्राष्ट्रिय मामिलाको एक महत्वपूर्ण रचनात्मक शक्ति बनेको  छ। २० वर्षयता शाङ हाइ सहयोग संगठनले समृद्धि भइरहेको कारण नै स्थापना भएको सुरूमा पनि शाङ हाइ भावना तोकिएको छ अर्थात् आपसी विश्वास, पारस्परिक हित, समान व्यवहार, सल्लाह, सभ्यताको भिन्नताको सम्मान र साझा विकास।

यो विकसित सहयोग विचार हो जुन विभिन्न सामाजिक प्रणाली र विकास बाटोमा रहेका मुलुकबीच मेलमिलापयुक्त बस्ने नयाँ सहयोग मोड ल्याएको छ साथै सदस्यहरूबीच सुरक्षा सहयोग, आर्थिक विकास, सभ्यता वार्तालगायत विभिन्न क्षेत्रमा वरिष्ठ उपलब्धि पाएको छ। शाङ हाइ सहयोग संगठनका महासचिव भ्लादिमिर नोरोभले भन्नुभएको छ झैँ २० वर्षयता शाङ हाइ भावनाले आफ्नो महत्व र अन्तर्राष्ट्रिय आकर्षक देखाएको छ।

शाङ हाइ सहयोग संगठनको सहयोग गहिरो भइरहे पनि सैन्य गठबन्धन बन्नु हुँदैन। शाङ हाइ सहयोग संगठनको २० वर्षको विकासबाट समस्त मानवजातिको हित-कल्याणका लागि बहु-पक्षीयवाद, न्यायमा अडिग रहेर इतिहासको विकास बढाउनुपर्ने सम्झाइएको छ।