ल्याभेन्डरले ल्याएको खुशी
2021-06-24 10:41:42cri
Share with:

ल्याभेन्डरले ल्याएको खुशी_fororder_624b

फ्रान्समा पढेका चिनियाँ नेता चाउ एनलाईलाई फ्रान्समा हुँदै एउटा झारसँग गहिरो प्रेम बसेको थियो। प्याजी रङमा फुल्ने त्यो झारको फूल मात्र होइन बोट नै वासनादार थियो। फ्रान्सको प्रोभेन्स भन्ने ठाउँमा त्यो झार सर्वाधिक पाइन्थ्यो। जुन जुलाई महिनामा ढकमक्क फुलेर वातावरण नै बैजनी रङको बनाउने उक्त झारको नाम ल्याभेन्डर थियो जसलाई हेर्न तत्कालीन विद्यार्थी चाउ बारम्बार प्रोभेन्स पुग्ने गर्दथ्ये।

सन् १९४९ अक्टोबर १ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको क्रान्तिले जनगणतन्त्र चीन स्थापना भयो र चाउ एनलाई प्रधानमन्त्री भए। फ्रान्समा पढ्दा चाउले ल्याभेन्डर देखेका मात्र होइनन् त्यसको महत्व पनि बुझेका थिए। उनी त्यसलाई चीनमा ल्याएर खेती गर्न चाहन्थे। सन् १९६५ चाउले फ्रान्सबाट फ्रान्सबाट ल्याभेन्डर ल्याएर बेइजिङ, शाङहाई, क्वाङचौ र सिन्च्याङमा खेती गर्न लगाए। अन्यन्त्र त ल्याभेन्डर खासै फस्टाएन तर सिन्च्याङमा चाहिँ निकै मज्जाले फस्टायो। यो क्षेत्र फ्रान्सको प्रोभेन्सकै बराबर उचाइमा रहेको र हावापानी पनि उस्तै रहेकाले यहाँ ल्याभेन्डर खेती फस्टाएको मानिन्छ। सिन्च्याङमा थुप्रै ठाउँमा खेती गरिए पनि हुओछङ काउन्टीको सियोङ गाउँ भने ल्याभेन्डरकै कारण विश्व चर्चित बनेको छ। यहाँ १२ हजार मु (डेढ वर्ग किलोमिटर बराबर एक मु) अर्थात् ८ हजार वर्ग किलोमिटर क्षेत्रमा ल्याभेन्डर खेती गरिएको छ। चीनभरी भएको ल्याभेन्डर खेतीमा यस क्षेत्रले मात्र ९७ प्रतिशत हिस्सा लिएको छ।