यी जातिका सर्वसाधारणहरूको नयाँ जीवन
2021-06-25 15:06:08cri
Share with:

यी जातिका सर्वसाधारणहरूको नयाँ जीवन_fororder___172.100.100.3_temp_9500027_1_9500027_1_1_bd491364-5406-4272-b5fb-3cfa4060fe53

चीनको स छ्वान प्रान्तीय ल्याङ शान यी जातीय स्वायत्त क्षेत्रको सी त जिल्लाको चुङ पा गाउँ पहाडस्थित एक टुक्रा जमीनमा पर्दछ। त्यहाँ एक नयाँ दुई तल्लाको आबासमा हजुरआमा छ्यूमू आचीले सोफामा बसेर आफूले पहाडी क्षेत्रबाट नयाँ घर सारेको अनुभवबारे चर्चा गर्दैछिन्। उनी भन्छिन् “हाल राम्रो छ। पहिलेको पुरानो आबास खतरनाक आबास थियो। त्यहाँ बस्न चिन्ता थियो। हाल सबैलाई यहाँ सारिएको छ। छिमेकीहरूले एक अर्कालाई मद्दत दिन सक्छन्।”

चुङ पा गाउँ पहिले सी त जिल्लामा गरिबीबाट मुक्त नभएको एक मात्रै गाउँ थियो। स्थानीय सरकारले गरिबी निवारणका लागि गरिब वासिन्दालाई बस्दैआएको असुविधाजनक घरबाट रामो तथा सम्पन्न आधारभूत पूर्वाधार क्षेत्रमा सारिने कार्यलाई गरिबी निवारणको महत्वपूर्ण माध्यमको रुपमा राखेको, गरिब वासिन्दाको सुरक्षित आबास समस्याको समाधान गरेको छ। १०३ वटा परिवारका जम्मा ४४५ जना वासिन्दाले पहाडी क्षेत्रबाट नयाँ आबास सारेका थिए।

चुङ पा गाउँका नयाँ आबास एकेक दुई तल्लोको भवन हो। पहेंलो पर्खालमा यी जातीय सर्वसाधारणको चित्र कोरिन्छ। गाउँको मार्ग निकै स्वच्छ छ। हरेक भवनअगाडि साग रोपिएको छ। गाउँमा पनि स्वास्थ्य केन्द्र र बृद्धबृद्धाका लागि कसरत उपकरण छ। त्यहाँ आधारभूत प्रबन्ध निकै पूर्ण छ। हजुरआमा छ्यूमूआची भन्छिन् “पानी पर्दा पहिलेको पुरानो घर पूरै चुहुन्थ्यो। अहिले हाम्रो नयाँ घर छ। यहाँ बस्न पाउँदा हामीलाई खुशी लागेको छ।”