“प्रेस स्वतन्त्रता” को लुगाबाट हङकङ डामाडोल पार्ने पश्मिमा राजनीतिज्ञको षड्यन्त्र छर्लङ्ग
2021-06-25 17:07:54cri
Share with:

“प्रेस स्वतन्त्रता” को लुगाबाट हङकङ डामाडोल पार्ने पश्मिमा राजनीतिज्ञको षड्यन्त्र छर्लङ्ग_fororder_1

हङकङको एपल दैनिक र एपल डेलीको प्रेस वेभसाइटले आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेपछि अमेरिका र बेलायत लगायत केही पश्चिमा मुलुकका राजनीतिज्ञहरूले जथाभावी प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने निहुँ खोज्दै चीनको बदनाम गरिरहेका छन्। उनीहरूको भनाइ एकदमै निराधार छ। एपल दैनिकको समस्या प्रेस स्वतन्त्रतासँग कुनै पनि रुपमा सम्बन्धित छैन। बरू त्यस समस्याले हङकङको राष्ट्रिय सुरक्षा ऐनको उल्लंघन गरेको छ। अमेरिका र पश्चिमा जगतका केही व्यक्तिले प्रेसको स्वतन्त्रताको नाउँमा जबरजस्ती हङकङ मामिला अझ विशेष गरी चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्नु अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम विपरीत छ। हङकङबासी लगायत समस्त चिनियाँ जनताले निकै आक्रोशका साथै त्यस कारवाईको कडा शब्दमा विरोध गरेका छन्।

अमेरिका र पश्चिमा जगतका केही व्यक्तिले एपल दैनिकको आफ्नो कारोबार र सञ्चालनमा मौजुद समस्याको जिम्मेवारीलाई हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारमाथि थोपर्न खोजेका छन्। हङकङ विशेष प्रशासनिक क्षेत्र लगायत चीनको पूर्ण विकासका लागि अवरोध गर्न खोज्नु नै उनीहरूको साँचो उद्देश्य हो। वास्तवमा प्रेस स्वतन्त्रताको नारा उरालेका अमेरिकी र पश्चिमा जगतका व्यक्तिहरूले प्रेसको स्वतन्त्रता नै उल्लंघन गर्ने खालका गतिविधि गरिरहेका छन्।