फुकुसीमा टापूबाट प्रदूषित आणविक पानी समुद्रमा मिसाउने निर्णयबाट जापान पछि हटोस्
2021-06-26 19:53:12cri
Share with:

फुकुसीमा टापूबाट प्रदूषित आणविक पानी समुद्रमा मिसाउने निर्णयबाट जापान पछि हटोस्_fororder_1

जुन २५ तारिख ‘संयुक्त राष्ट्र संघ समुद्री कानून सन्धि’को ३१ सौं सदस्य सम्मेलनमा जापानी प्रतिनिधिले सम्बोधन गर्दै संचालित आणविक फोहोर पानी हानिकारक नभएको र जापानको सम्बद्ध कार्वाही अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीबाट स्वीकृतिप्राप्त भएको दाबी गरेका छन्।

जापानले उक्त कुरा भन्नुको उद्देश्य अन्तर्राष्ट्रिय समाजलाई गलत सूचना दिँदै आफ्नो जिम्मेवारविहीन स्वार्थी गतिविधिको लागि निहुँ खोज्नु हो। वास्तवमा जापानले भनेको कुरा विज्ञानविपरीत आधारहीन कुरा हो। आणविक फोहोर पानी हानिकारक नहुँदो हो त जापानले किन स्वदेशमा प्रयोग गर्नुको सट्टा जबर्जस्ती समुद्रमा निकास गर्न खोजिरहेछ त?

अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीले जापानलाई समुद्रमा आणविक फोहोर पानी विसर्जनको मान्यता कहिल्यै पनि दिएको छैन बरू सम्बद्ध प्राविधिक टोलीको गठन गर्दै जाँच गर्नेछ।

फुकुसीमा टापूबाट प्रदूषित आणविक पानी समुद्रमा मिसाउने निर्णयबाट जापान पछि हटोस्_fororder_2

फुकुसीमा टापूको आणविक फोहोर पानी जापान एउटा मुलुकको मात्रै कुरा होइन। विसर्जनको पहिलो दिनदेखि ५७ सौं दिनमा हानिकारक तत्व प्रशान्त महासागरका आधाभन्दा बढी क्षेत्रमा फैलिने छ र ३ वर्षमा अमेरिका तथा क्यानाडाको समुद्रमा पुग्ने छ। लगभग १० वर्षमै सम्पूर्ण विश्वको समुद्रमा पुग्ने छ जसबाट समुद्री वातावरण, खाद्यान्न सुरक्षा तथा मानवजातिको स्वास्थ्यमा पनि गन्न नसकिने असर पार्नेमा कुनै शंका छैन।

सुरक्षित तरिकाको पूर्ण प्रयोग नगरेको, सम्बद्ध सबै सूचना खुला नगरेको र छिमेकी मुलुक लगायत अन्तर्राष्ट्रिय समाजसँग पूर्ण रूपमा छलफल नगरेको अवस्थामा जापानले एकपक्षीय रूपमा फोहोर पानीलाई समुद्रमा विसर्जन गर्ने निर्णय लिनु निकै स्वार्थपूर्ण छ।

झुटो कुरा र गलत दिशा देखाउन बन्द गरोस् - जापानले फुकुसीमा टापूबाट आणविक फोहोर पानी मिसाउने निर्णय तुरून्तै फिर्ता लेओस्।

वास्वतमा हालै जापानी टोकियो बिद्युत कम्पनीले समाजमा आणविक तत्वलाई हटाउने प्रविधिको संकलन गरिरहेको छ। सम्बद्ध प्रविधि नभएको सन्दर्भमा जापानी सरकारले संशोधित आणविक फोहोर पानी हानिकारक नभएको कसरी भन्न सक्ला?