डेरेक चौभिनले सजाय अवधि तोकिएबाट अमेरिकी मानवअधिकार क्षेत्र अँध्यारो भएको देखाइँदै
2021-06-27 19:23:26cri
Share with:

आँसु, दुःख र क्रोध—अफ्रिकी मूलका पुरूष जर्ज फ्लोइडलाई मार्ने अमेरिकी गोरा प्रहरी डेरेक चौभिनले छोटो अवधिको सजाय पाएको कुरा हालै सार्वजनिक गरिएको छ। यसबाट फ्लोइडको परिवार लगायत जातिय हेलाँ पाएका अमेरिकीहरूको मनमा फेरि एक पटक दुःखको छाप छोडेको छ।

डेरेक चौभिनले सजाय अवधि तोकिएबाट अमेरिकी मानवअधिकार क्षेत्र अँध्यारो भएको देखाइँदै_fororder_1

यस अघि अमेरिकी प्रहरीको हिंसाले सर्वसाधारणलाई मारेपछि भएको फैसला निकै कम भएकोले अमेरिकी संचारमाध्यमले यसरी टिप्पणी गरेका छन्, चौभिनलाई २२ वर्ष र ६ महिनासम्म थुन्न सकिने अमेरिकी प्रहरी कानून कार्यान्वयनको इतिहासमा महत्वपूर्ण मामिलाको रूपमा देखाइन्छ। तर धेरै अमेरिकीहरूले यस्तो विचारमा फरक सोच देखाएका छन्। फ्लोइडका वकिलले यसरी औंल्याएका छन् कि रङ्गभेदका कारण प्रहरीबाट मारिने चिन्ता लिनु नपर्ने अवस्थामा मात्रै वास्तविक न्याय पाएको भन्न सकिने छ।

तापनि केही अमेरिकी राजनीतिज्ञहरूले आश्चर्यजनक रूपमा मानवअधिकारको खराब अवस्थाको वास्ता नगरी आफू मानव अधिकारको नमूना मानेर अरू देशको मानवअधिकारमा औंला ठड्याउने गर्दछन्।

भरखरै आयोजित मानवअधिकार परिषदको ४७ सौं सम्मेलनमा अमेरिकाले केही पश्चिमी मुलुकलाई भेला गर्दै मानवअधिकारको नाउँमा सिनच्याङ, हङकङ र तिब्बत सम्बन्धमा चीनमाथि हिलो छ्यापेको छ। अनि यसको प्रतिफल ९० वटा मुलुकले विभिन्न तरिकामार्फत् चीनको समर्थन दिँदै मानवअधिकार विषयलाई राजनीतिकरण अथवा दोहोरो  मापदण्डको पालना गरेकोमा विरोध जनाएका छन्। जसबाट के प्रष्ट्याइएको छ भने अमेरिका लगायत थोरै पश्चिमा मुलुकले चीनमाथि हिलो छ्याप्ने कुचेष्टा फेरि एक पटक विफल भएको छ।

डेरेक चौभिनले सजाय अवधि तोकिएबाट अमेरिकी मानवअधिकार क्षेत्र अँध्यारो भएको देखाइँदै_fororder_2

चौभिनले कमै सजाय पाएकोबाट अमेरिकामा मानवअधिकार अवस्था अँध्यारो भएको प्रमाणित हुन्छ। पहिले आदिवासीहरूमाथि गरिएको आम नरसंहार होस् वा प्रणालीवद्ध जातिय विभेद वा अफगानिस्तान, इराक तथा सिरिया युद्ध गर्दा लाखौंको अनाहकमा ज्यान गएको वा करोडौं घरबार विहीन भएको तथ्य यी सबै अमेरिकी मानवअधिकारको खराब इतिहास जताततै छन् जुन लुकाउन सकिँदैन।