राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बाइहथान जलविद्युत स्टेशन संचालनको अवसरमा बधाई सन्देश
2021-06-28 14:40:51cri
Share with:

चिनशान्याङ नदी बाइहथान जलविद्युत स्टेशनको जुन २८ तारिखबाट सुरक्षित सञ्चालन आरम्भ भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सो अवसरमा बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले बधाई पत्रमा बाइहथान जलविद्युत स्टेशन "पश्चिमदेखि पूर्वी विद्युत प्रसारण"को कार्यान्वयनको लागि एक प्रमुख राष्ट्रिय परियोजना भएको उल्लेख गर्नुहुँदै हालसम्म संसारको निर्माणाधिन सबैभन्दा ठूलो जलविद्युत् परियोजना हुनुका साथै सबैभन्दा धेरै प्राविधिक कठिनाई रहेको औंल्याउनुभएको छ।

साथै राष्ट्राध्यक्ष सीले सबै निर्माता र सबै पक्षहरूले बाइहथान जलविद्युत स्टेशनको अनुगमन कार्यको समन्वय र प्रबर्धन गर्दै कार्बन तटस्थताको लक्ष्य हासिल गर्न र आर्थिक र सामाजिक विकासको समग्र हरित परिवर्तनलाई बढावा दिन ठूलो योगदान पुर्‍याउने पनि बधाई पत्रमा उल्लेख गर्नुभएको छ।