कम्बोडिया जनता पार्टी स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा सी चिनफिङद्वारा कम्बोडिया जनता पार्टीका अध्यक्ष हुन सेनलाई बधाई पत्र
2021-06-28 14:39:30cri
Share with:

जुन २८ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले कम्बोडिया जनता पार्टीका अध्यक्ष हुन सेनलाई बधाई पत्र पठाउनुभएको छ। उहाँले कम्बोडिया जनता पार्टी स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्नुभएको हो।

कम्बोडिया जनता पार्टीको स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनता र स्वयमको तर्फबाट अध्यक्ष हुन सेन, कम्बोडिया जनता पार्टी र कम्बोडियन जनतालाई हार्दिक बधाई दिन चाहेको राष्ट्राध्यक्ष सी चिन फिङले आफ्नो बधाई पत्रमा उल्लेख गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले लामो समयदेखि कम्बोडिया जनता पार्टीले कम्बोडियाली जनतासँग मिलेर राष्ट्रिय निर्माण र विकासका लागि प्रतिबद्ध रहेर क्षेत्रीय स्थिरता र समृद्धिलाई सघाउन सकारात्मक योगदान पुर्‍याएको जनाउनुभयो। चीनले कम्बोडियालाई आफ्नो राष्ट्रिय अवस्था अनुकूल विकासको मार्गमा सहयोग पुर्‍याउने पनि सीले बधाई पत्रमा औंल्याउनुभएको छ।