बहादुरको कथाबाट चिनियाँ कम्युनिष्ट्र पार्टीले निरन्तर बिजय प्राप्त गर्दै
2021-06-29 21:17:27cri
Share with:

बहादुरको कथाबाट चिनियाँ कम्युनिष्ट्र पार्टीले निरन्तर बिजय प्राप्त गर्दै_fororder_QQ图片20210629211658

बहादुरको कथाबाट चिनियाँ कम्युनिष्ट्र पार्टीले निरन्तर बिजय प्राप्त गर्दै_fororder_QQ图片20210629211654

“जुलाई १ पदक” विजेताहरू जनताबाट आएका र जनतामै भर परेका छन। उनीहरू आआफ्नो कार्यमा मेहनतसँग समर्पण गरिरहेका सामान्य बहादुर हुन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले जुन २९ तारिख “जुलाई १ पदक” वितरण समारोहलाई महत्वपूर्ण सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको छ।

“जुलाई १ पदक” चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च सम्मान रहेको छ। यस वर्ष यो पदक पहिलो पटक वितरण गरिएको हो र जम्मा २९ जनालाई पदक वितरण गरिएको छ। ती विजेताहरूमध्ये पुराना सिपाही, नमुना कामदार, सुधारमा अग्रसर हुनुका साथै वैज्ञानिक अनुसन्धानकर्ता, वातावरणीय संरक्षक र कूटनीतिज्ञ पनि छन्। उनीहरू विभिन्न पेशा र व्यवसायमा कार्यरत् छन्। उनीहरूको उमेर चीनको क्रान्ति, निर्माण र सुधार तथा खुलापनका विभिन्न अवधिमा रहिरहेका छन्। तैपनि उनीहरूबाट देखिएको चिनियाँ कम्युनिष्ट पार्टीको साझा भावना अर्थात् दृढ विचारधारा, सिद्धान्तको अक्षरश: पालना, अथक प्रयास र निस्वार्थ समर्पण र सदाचारमा रहेर भ्रष्टाचार विरूद्ध कार्य रहेका छन्।

सामान्यबाट महान बनिन्छ। बहादुर पनि जनताबाटै आएका हुन्। “जुलाई १ पदक” का ती २९ जना विजेताको कथाबाट चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यले जनताका लागि अथक प्रयास गरेको सतवार्षिकी इतिहासबारे बुझ्न सकिनेछ। साथै उनीहरूको कथा बाह्य जगतले चिनियाँ कम्युनिष्ट पार्टीबारे अझ स्पष्ट रूपमा जानकारी लिने एउटा झ्याल पनि बनेको छ।