#अल्पसंख्यक जाति# तिब्बती विद्यार्थी र ह्यामलेट-2
2021-06-29 11:04:00cri
Share with:

#अल्पसंख्यक जाति# तिब्बती विद्यार्थी र ह्यामलेट-2_fororder_哈姆雷特4

 

सन् २०१७ मा २२ जना तिब्बती युवा-युवतीहरू शाङहाइ नाटक विद्यालयमा भर्ना भएका थिए। उनीहरू सामान्य तथा चिनियाँ भाषा राम्ररी बोल्न सक्दैनथे। कला प्रदर्शन क्षेत्रमा उनीहरूको कुनै आधार थिएन। चार वर्षको शिक्षा तथा तालिमपछि उनीहरू परिवर्तन भए।

पहिला ट्रेरेनलोपु तिब्बती लिनच शहरी छायु जिल्लाबाट बाहिर गएका थिएनन्। विद्यालयमा पढेपछि उनी शाङहाइका साथै अमेरिका पुगेर दुई महिना पढ्ने अवसर पाए। यसपटक उनले धेरै राम्रो प्रदर्शन गरेका छन्। आफू सहभागी नाटक दर्शकलाई मन परेको देख्दा उनलाई ज्यादै खुशी लागेको छ।

“स्नातक हुनलागेको बेलामा यस्तो नाटकमा सहभागी हुनपाउनु र यति राम्रो मण्डलसँग भेट्नपाउनु निकै खुशीको कुरा हो। तिब्बत फर्केर हामी अझै मेहनत गर्नेछौं। तिब्बत जातिको राम्रो कथा प्रदर्शन गर्नेछौं।”

चिनियाँ नाटककार संघका अध्यक्ष फू छ्वनसी यो नाटकका महानिर्देशक हुनुहुन्छ। उहाँले सन् १९९० मा ह्यामलेट नाटकको प्रदर्शन गर्नुभएको थियो। साथै उहाँ चीनमा शेक्सपियरका सबैभन्दा बढी नाटक प्रदर्शन गर्ने अभिनेताहरूमध्येको एक पनि हुनुहुन्छ। नाटकको समापनमा उहाँले मन छुने गरी यसो भन्नुभयो—

“घाँसेमैदान तथा हिमालय र तिब्बती संस्कृतिको प्रभावमा उनीहरूको भावना अझ इमानदार छ। शेक्सपियरको नाटक उनीहरूका लागि सबैभन्दा अनुकूल होला। किनभने शेक्सपियरको नाटकमा बोलेको विषयको विचार शक्तिशाली छ। उनीहरूको प्रदर्शन विशेष र फरक छ। तिब्बती भाषामा पहिलोपटक नाटक हेर्नपाउँदा निकै उत्साहित भएँ। शेक्सपियरले यी युवाहरूका लागि विशेष गरी नाटक लेखेको जस्तै लाग्यो। उनीहरूले बोलेको शब्द सङ्गीत जस्तै छ। उनीहरू विश्वकै सबैभन्दा राम्रो कलाकार समूह जस्तै लाग्यो।”

शाङहाइ नाटक विद्यालयका निर्देशक ह्वाङ छाङयोङका अनुसार, सन् १९५९ मा पहिलो तिब्बती समूहदेखि हालसम्म छपटक प्रदर्शन वर्ण र तीनपटक स्टेज डिजाइन वर्ण स्नातक भएका छन्।

“तिब्बती वर्णका विद्यार्थीहरूको तिव्र गतिको विकासप्रति हामीलाई खुशी लागेको छ। उनीहरूले तिब्बत फर्केर तिब्बती नाटक तथा प्रदर्शन कलामा अझ बढी योगदान दिने विश्वास गर्दछौं।” 

तिब्बती भाषाको ह्यामलेट जुलाई तथा अगष्टमा तिब्बतमा प्रदर्शन गर्ने र चीनभरि नै प्रदर्शन गर्ने योजना बनाएको छ।