नान ख भन्ने ठाउँमा देखेको एक सपना-1
2021-06-30 14:58:14cri
Share with:

नान ख भन्ने ठाउँमा देखेको एक सपना-1_fororder_01

चिनियाँ भाषामा“नान ख भन्ने ठाउँमा देख्ने एक सपना” भन्ने एक उखान प्रचलित छ। यस उखानले सपनामा देख्ने दृश्य वा साकार तुल्याउन नसकिने मानिसका कल्पना भन्ने कुरालाई उजागर गर्दछ। इस्वी सम्बतअनुसार, नवौं शताब्दीमा चीनको थाङ वंशका लेखक लि कुंग चोको उपन्यास “नान ख भन्ने ठाउँका हाकिम सम्बन्धी जीवन वृत्तान्त” बाट यो उखानको उत्पत्ति भएको हो।

त्यति बेला ठुन यु फन् नामका एकजना मानिस थिए। साधारण दिनमा पनि रक्सी खाने तीनको बानी थियो। उनको घरको आगनमा व्हे शू भन्ने एक किसिमको चिनियाँ रुख रोपिएको थियो। त्यस रुखका हाँगा -बिंगा निकै घना थिए। गर्मी याममा हावा चलेको बेला राति यस रुखमुनि बस्दा निकै शितल हुन्थ्यो।

ठुन यु फन्को जन्म दिवसका दिन बधाइ दिन उनका नाता-गोता र इष्ट-मित्रहरु उनको घरमा आएका थिए। त्यस दिनु उनले निकै खुशी भएर बढी रक्सी खाए। रात धेरै बितिसकेको थियो। नाता-गोता र इष्ट-मित्रहरु सबै आ-आफ्ना घर फर्किसकेका थिए। नशाले लठ्ठ परेका ठुन यु फन रुखमुनि सुते।