३ करोडबाट सुन्यसम्म चीनको प्रशंसनीय कार्य
2021-06-30 19:57:29cri
Share with:

३ करोडबाट सुन्यसम्म चीनको प्रशंसनीय कार्य_fororder_IMG_2892(20210630-194357).JPG

यो एक प्रशंसनीय काम हो। विश्व स्वास्थ्य संगठनले जुन ३० तारिख एउटा प्रेस विज्ञप्ति जारी गर्दै चीनले औपचारिक रूपमा डब्लुएचओले मलेरिया उन्मुलन प्रमाणपत्र पाएको घोषणा गर्नुका साथै उक्त मूल्यांकन पनि गरेको छ। त्यसैगरी चीन डब्लुएचओको पश्चिमी प्रशान्त क्षेत्रमा बितेका ३० वर्षभन्दा लामो समययता सो प्रमाण पत्र पाएको पहिलो मुलुक बनेको छ।

चीनमा मलेरिया रोग संक्रमण भएको संख्या गत शताब्दीको ४० को दशकको ३ करोडबाट सन् २०१७ मा सुन्य भएको छ। सन् २०१७ पछि अहिलेसम्म चीनमा मलेरियाको संक्रमण सुन्य राखिएको कुरा सामान्य होइन। बितेका दशौं वर्षयता चीनले निश्चित रूपमा मलेरिया रोगको नियन्त्रण र प्रतिरोधमा प्रतिफल प्राप्त गर्नुका साथै सबै जनताको स्वास्थ्य प्रत्याभूति प्रणालीको निर्माणमा प्राप्त सफलता पनि हो। साथै चिनियाँ सत्तारूढ पार्टीले जनमुखी बन्नुका साथै सधैँ नै जनताको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको आवश्यक नतिजा पनि हो।

वास्तवमा मलेरियाको उन्मुलन होस् वा नयाँ कोरोना महामारीको प्रतिरोध गर्ने सन्दर्भमा के कुरा प्रष्ट गरिएको छ भने मानव जाति भाग्यको एकरूपता भएकाले विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटको सामना गर्दा एकताबद्ध भएर सहकार्य चलाउनु नै विभिन्न मुलुकका लागि एउटै मात्र सही छनोट हुनुपर्छ।