चौतर्फी सम्पन्न समाज निर्माण गर्ने गम्भिर वचनबद्धतालाई सीपीसीद्वारा कार्यान्वयन
2021-07-01 18:46:44cri
Share with:

चौतर्फी सम्पन्न समाज निर्माण गर्ने गम्भिर वचनबद्धतालाई सीपीसीद्वारा कार्यान्वयन_fororder_QQ图片20210701180945

“हामीले पहिलो शतवार्षिकी लक्ष्य पूरा गरी चिनियाँ भू-भागमा चौतर्फी सम्पन्न समाजको निर्माण गरी इतिहासमा पहिलो पटक पूर्ण गरिबी समस्याको समाधान गरेका छौँ। हामी समाजवादी आधुनिकीकरण हुने शक्तिशाली मुलुक बन्ने दोस्रो शतवार्षिकी लक्ष्यतर्फ उत्साहित रुपमा अघि बढ्दै छौँ।” चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा जुलाई १ तारिख आयोजित समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले गम्भिरताका साथ उक्त घोषणा गर्नुभएको हो।

चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण गर्नु चिनियाँ जनताप्रति चिनियाँ कम्युनिष्ट पार्टीको गम्भिर वचनबद्धता हुनुका साथै चीन राष्ट्रको महान पुन:उत्थानका लागि चिनियाँ सपनालाई साकार तुल्याउने एउटा निर्णायक पाइला हो। अहिले सो वचनबद्धता समयमै पूरा गरिएको छ। जसले चीनको आर्थिक, बैज्ञानिक , समग्र शक्ति र जन जीवन नयाँ स्तरमा पुगेको अभिव्यक्त गर्नुका साथै विश्वका अरु मुलुकहरुलाई चिनियाँ बुद्धि तथा चिनियाँ प्रस्ताव प्रस्तुत गरी मानव जातिको सामाजिक विकासका लागि विशाल योगदान पुर्‍याएको छ।

“संयुक्त रुपमा सम्पन्न हुने बाटोमा एक जना पनि छुट्नु हुँदैन”। विदेशका धेरै राष्ट्रनायकहरुले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वार्षिकोत्सवको उपलक्ष्य पठाएको बधाई सन्देशमा “चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतासँगै कठिनाइ जित्ने असाधारण बाटो हिँडेको”, “चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताका लागि हित कल्याण सिर्जना गर्ने आधारमा चीनको द्रुत विकास भएको” उल्लेख छ। नयाँ अवधिको परीक्षामा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई निरन्तर रुपमा डोर्‍याएर सुखी जीवनका लागि अथक प्रयास गर्नेछ।