#समाचार सन्दर्भ# १०० वर्ष पुरानो पार्टीको सफलताको सुत्र: जनतालाई प्राथमिकता
2021-07-01 16:30:45CRI
Share with:

#समाचार सन्दर्भ# १०० वर्ष पुरानो पार्टीको सफलताको सुत्र: जनतालाई प्राथमिकता_fororder_0701-2

जुलाई १ चिनियाँ कम्युनिष्ट पार्टीको १००औँ जन्मदिवस हो। सोहि दिन बिहान पैचिङ स्थित थेनआनमन चोकमा भव्य समारोहको आयोजना गरिएको छ। सो समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चीनले पूर्ण रूपमा सम्पन्न समाजको निर्माण गरेको घोषणा गर्नुभएको छ।

#समाचार सन्दर्भ# १०० वर्ष पुरानो पार्टीको सफलताको सुत्र: जनतालाई प्राथमिकता_fororder_0701-1

"सम्पन्न समाज हो कि होइन भन्ने मूल्याँकन गर्नका लागि गाउँलेहरु महत्वपूर्ण छन्।" चीनको कम्युनिष्ट पार्टीलाई थाहा छ, पार्टीको जग जनतामा छ, रगत जनतामै छ र शक्ति जनतामै छ। चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीले गरिबी उन्मूलनलाई पूर्ण रूपमा सम्पन्न समाजको निर्माणको बटमलाइन बनाएको छ। चीनको वर्तमान मापदण्ड अनुसार ९ करोड ८९ लाख ९० हजार ग्रामीण गरिब जनताहरू सबै गरिबीबाट मुक्त भएर मात्रै निरपेक्ष गरिबी उन्मूलन कार्य पूरा भएको छ।

हाल चीन आधुनिक समाजवाद देशको निर्माणको लक्ष्यतर्फ अग्रसर छ। चीनको तिव्र विकासले छिमेकी नेपालको पनि ध्यान आकर्षण गरेको छ। नेपालका विभिन्न क्षेत्रले चिनियाँ विकासको सफल अनुभवबारे सक्रिय रूपमा अध्ययन गरिरहेका छन्।

#समाचार सन्दर्भ# १०० वर्ष पुरानो पार्टीको सफलताको सुत्र: जनतालाई प्राथमिकता_fororder_0701尼前副总理.JPG

चीनले छोटो समयमै यस्तो गौरवशाली उपलब्धि हासिल गरेको होइन। नेपालका पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले चीनको सफलता सुत्रबारे यसरी व्याख्या गर्नुभयो, "चीनले यस्तो आश्चर्यजनक उपलब्धि हासिल गर्नुको मुख्य कारण सत्तारूढ पार्टी चिनियाँ कम्युनिष्ट पार्टी सधैँ जनतामा भर परेर जनताको हितलाई प्राथमिकतामा राख्नु हो। "

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको समयमा मात्र ५० जना सदस्य थिए। तर, यस उद्देश्यका कारणले यो पार्टीको सदस्य ९ करोड ५० लाखभन्दा बढी पुग्नुका साथै १ अर्ब ४० करोड जनता भएको ठूलो देशको नेतृत्व गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी विश्वको सबैभन्दा ठूलो तथा प्रभावकारी पार्टी बनेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चिनियाँ कम्युनिष्ट पार्टीको बारेमा यसरी टिप्पणी गर्नुभयो- "विश्वका सबै देशहरूलाई हेर्दा केवल शतवार्षिकी मनाएको चिनियाँ कम्युनिष्ट पार्टीले मात्र जनताको नेतृत्व गरेर त्यस्तो शानदार उपलब्धि हासिल गरेको छ। यो संसारमा कुनै पार्टीले हासिल गर्ननसक्ने चानचुने उपलब्धि हो। "

#समाचार सन्दर्भ# १०० वर्ष पुरानो पार्टीको सफलताको सुत्र: जनतालाई प्राथमिकता_fororder_0701文学院院长.JPG

चीन विश्व शान्तिको निर्माता, विश्व विकासमा योगदानकर्ता र अन्तर्राष्ट्रिय परिपाटीको संरक्षक रहँदैआएको छ। नयाँ चीन स्थापना भएपछि विश्वका विभिन्न मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राखेका छन्। हालसम्म चीनको सत्तारूढ पार्टी चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका १६० मुलुकका ५६० वटा राजनैतिक दल र संगठनसँग नियमित सम्पर्क राखिरहेको छ। यस ठूलो पार्टीले नयाँ ढाँचे अन्तर्राष्ट्रिय सम्बन्ध र मावनजातिको संयुक्त भाग्य समुदायको निर्माण एवम् बेल्ट एण्ड रोड उच्च गुणस्तरीय विकासको संयुक्त निर्माणलाई अघि बढाइरहेको छ, यसै क्रममा चीनको नयाँ विकासबाट विश्वको लागि नयाँ मौका पनि प्रदान भइरहेको छ। ‘चिनियाँ मौका’ बारे चर्चा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले यसरी भनेका छन्-‘चीनबाट प्रस्तावित बीआरआई अवधारणाबाट विश्वका विभिन्न मुलुकबीच सहकार्य गर्नको लागि व्यापक सम्भावना प्रस्तुत गरिएको छ र सम्बद्ध मुलुक गहन रूपमा लाभान्वित भइरहेका छन्।’ लामो समयसम्म चीन-नेपाल व्यापारमा संलग्न नेपाल-चीन वाणिज्य मैत्री संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ दुई देशबीचको व्यापारिक क्षेत्र विस्तारका साक्षी हुन्। यसबारे चर्चा गर्दै उनले यसरी बताएका छन्-‘नेपाल र चीनबीचको दौत्य सम्बन्ध सन् १९५५ मा स्थापना भएको हो। हालसम्म आपसी मैत्रीपूर्ण सम्बन्ध विकसित भइरहनुको मुख्य कारण नयाँ चीन स्थापना भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको प्रभावकारी नेतृत्व हो।

#समाचार सन्दर्भ# १०० वर्ष पुरानो पार्टीको सफलताको सुत्र: जनतालाई प्राथमिकता_fororder_0701尼中商业友好协会会长.JPG

आपसी व्यापारिक वृद्धिको विस्तार मैले आफ्नो आँखाले देखेको छु र अनुभव गरिरहेको छु।’ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी समारोहमा पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले औंल्याउनुभएको छः चिनियाँ कम्युनिष्ट पार्टीले सहकार्यलाई निरन्तरता दिँदै विरोध, बन्द, सून्य खेल, सर्वोच्चवाद तथा प्रभूत्ववाद नखोजीकन खुलापन, हितकर र साझा जीतको पालना गर्दै जाने छ। 

#समाचार सन्दर्भ# १०० वर्ष पुरानो पार्टीको सफलताको सुत्र: जनतालाई प्राथमिकता_fororder_0701阿尼哥协会前主席.JPG

चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकीको अवसरमा चीनमा अध्ययन गरेका नेपाल अरनिको समाजका निवर्तमान अध्यक्ष सर्वोत्तम श्रेष्ठले ‘शतबार्षिकी’ बारे आफ्नो बुझाईलाई यसरी भनेका छन्-‘सय वर्षको समयावधि भनेको मानवजातिको लागि लामो समय होइन। यस अवधिमा चीनमा जुन परिवर्तन आयो त्यो आफैं एउटा चमत्कार हो।’ शतवार्षिकी उपलक्ष्यमा पार्टीका महासचिव सी चिनफिङले पार्टीका सम्पूर्ण सदस्यलाई आह्वान गर्दै भन्नुभएको छ-‘ सधैँ नै जन साधारणसँग रक्त शरीरको सम्बन्ध कायम राख्दै उनीहरूसँगै एउटै विचार पोख्दै एउटै काम गर्नुपर्छ। दुःख सुखमा काँधमा काँध मिलाएर सुखमय जीवनप्रति जनताको अपेक्षालाई साकार तुल्याउन अथक प्रयास गर्दै जानुपर्छ।’ यसरबारे आफ्नो धारणा राख्दै नेपाल वल्ड कल्चर नेटका अध्यक्ष दिपक सरकारले भनेका छन्-‘सीको नेतृत्वमा बीआरआई लगायत चीनले प्रस्तुत गरेका सबै प्रस्तावहरूबाट चीन र नेपाल लगायत विश्वका विभिन्न मुलुकका लागि लगातार रूपमा हितयुक्त साझा जीतको मौका प्रदान गर्नेमा विश्वस्त छु।’

#समाचार सन्दर्भ# १०० वर्ष पुरानो पार्टीको सफलताको सुत्र: जनतालाई प्राथमिकता_fororder_0701 世界文化网主席.JPG

यसका लागि चीन प्रयासरत छ र विश्वले अपेक्षा गरेको छ। ‘मानव केन्द्रीत’ शतवार्षिकी मनाएको चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतासँगै मिलेर आफूले रोजेको बाटोमा दृढताका साथ अघि बढ्दै गइरहेको छ।