#समाचार सन्दर्भ# सिनच्याङको विकास सिनच्याङमाथि अमेरिकालगायत पश्चिमाले गर्नखोजेको बदनामको बलियो जवाफ हो
2021-07-02 11:13:20CRI
Share with:

#समाचार सन्दर्भ# सिनच्याङको विकास सिनच्याङमाथि अमेरिकालगायत पश्चिमाले गर्नखोजेको बदनामको बलियो जवाफ हो_fororder_01

फेरि आयो अमेरिका!अमेरिकी वाणिज्य मन्त्रालयले जुन २३ तारिख तथाकथित मानवअधिकारलाई उल्लंघन गरेको निहुँमा सिनच्याङका ५ वटा निकायलाई निकाय प्रतिबन्ध सूचिमा राखेको छ र सिनच्याङको बदनाम गर्न तथा प्रतिबन्ध लगाउन तिव्रता देखाएको छ। बेलायती फाइन्यान्स टाइम्सले २४ तारिख एक लेख प्रकाशित गरी यो नै बाइडेन सरकारले सिनच्याङको विषय लिएर चीनमाथि दबाव लगाउन खोजेको पछिल्लो प्रयास भएको उल्लेख पनि गरेको छ।

अमेरिकी सरकारले सार्वजनिक रूपमा नै चीनलाई रणनीतिक शत्रुको रूपमा राखिसकेको छ त्यसैले अमेरिकाले कुनै पनि नैतिक उपाय लिएर कुनै पनि तहबाट चीनमाथि प्रहार गर्नेछ। सिनच्याङ नै दक्षिण एशिया, मध्य एशिया, मध्य पूर्व, रूस र युरोप पुग्ने चीनको ढोका हो। अमेरिकी राजनीतिज्ञले सिनच्याङको रणनीतिक स्थानमा निकै ध्यान दिएका छन् र त्यसलाई एशिया हबको रूप ठानेका छन्। लामो समययता अमेरिका सिनच्याङको आर्थिक तथा राजनीतिक स्थिरतालाई गोप्य रूपमा बिगार्न चाहिरहेको छ। त्यसैले तथाकथित सिनच्याङ मानवअधिकार र तिब्बत, हङकङ, थाइवान, दक्षिणी चीन सागरलगायत विषय अमेरिकाले चीनलाई प्रहार गर्ने राजनीतिक माध्यम हुन्।

#समाचार सन्दर्भ# सिनच्याङको विकास सिनच्याङमाथि अमेरिकालगायत पश्चिमाले गर्नखोजेको बदनामको बलियो जवाफ हो_fororder_02

सन् २०१७ मा अमेरिकी काँग्रेसले‘प्रतिबन्ध ऐनको माध्यमद्वारा अमेरिकी प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा’कानुन पारित गरेको थियो। तीमध्ये २३१ बुँदाले उत्तर कोरियाले उत्पादन वा निर्माण गरेको वस्तु जबरजस्ती श्रममार्फत भएको भन्ने कुरा निश्चित गरेको थियो। त्यसैले सन् १९३० ट्याक्स कानूनको बुँदा ३०७का अनुसार अमेरिकामा आयात निषेध हुनुपर्छ।

तर चीनमाथि यी उपायहरू लगाउन सकिँदैन। अमेरिकाले चिनियाँ वस्तुलाई पूर्ण रूपमा निषेध गर्न सकेन त्यसैले सिनच्याङबाट प्रयास गरिरहेको छ। सन् २०२०को सेप्टेम्बर अमेरिकी सरकारले जबरजस्ती श्रमको निहुँमा सिनच्याङका केही कपास, लुगालगायत वस्तुको आयात गर्न निषेध गर्न घोषणा गरेको थियो। त्यसपछिको नोभेम्बर ३० तारिख अमेरिकाले सिनच्याङ उत्पादन तथा निर्माण सैन्य समूह र सम्बद्ध उद्योगले उत्पादन गरेका सबै कपासको आयात निषेध गर्ने घोषणा गरेको थियो। गत जनवरीमा अमेरिकाले सिनच्याङका सबै कपास, गोलभेँडा तथा सम्बद्ध सबै उत्पादित वस्तुको आयात गर्न निषेध गर्ने घोषणा गरेको थियो। साथै अमेरिकाले जरिवाना र जवाफदेहीलगायतका उपायमार्फत अमेरिकी अन्तर्राष्ट्रिय कम्पनीलाई सिनच्याङबाट हटाउन दबाव दिएको छ।

अमेरिकाको साँचिकैको लक्ष्यबारे विश्वले स्पष्ट रूपमा थाहा पाएको छ। हाल इटाली राजनीति, समाज र अर्थतन्त्र प्रतिष्ठान, इटाली अन्तर्राष्ट्रिय कुटनीति प्रतिष्ठान र इटाली युरेसियन भूमध्य अनुसंधान केन्द्रले मिलेर सिनच्याङ: जटिलता बुझाइ, शान्तिको रचना शीर्षक अनुसन्धान प्रतिवेदनको सार्वजनिक गरेको छ। प्रतिवेदन तयार पार्नुभएको इटाली अन्तर्राष्ट्रिय सम्बन्ध विद्वान फाबियो मासिमो पालान्दीले भन्नुभयो कि सिनच्याङमा युगुर जातिलगायत अल्पसंख्यक जातिसँग पर्याप्त धार्मिक विश्वास स्वतन्त्रता छ। कुनै पनि तथाकथित जबरजस्ती श्रम र जातीय नरसंहारको स्थिति देखेको छैन।

#समाचार सन्दर्भ# सिनच्याङको विकास सिनच्याङमाथि अमेरिकालगायत पश्चिमाले गर्नखोजेको बदनामको बलियो जवाफ हो_fororder_03

युगुर जातिको उखान छ कि ब्वाँसो कराए पनि ऊँट हिँडिरहन्छ। सिनच्याङका विभिन्न जातिका जनताले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा एकताबद्ध, मेलमिलाप, सुखमय जीवन, रोजगार पाएका छन्। जुन सिनच्याङमाथि अमेरिकालगायत पश्चिमाले गरेको बदनाममाथिको सबैभन्दा बलियो जवाफी प्रहार हो। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले भन्नुभए झैँ सिनच्याङको विकासको तथ्यबाट सिनच्याङमाथि केही मुलुकले बनाएको झूट स्वयं विफल हुनेछ।