चीनमाथि औँला ठड्याएर बकबक गर्ने उपदेश चीनलाई चाहिँदैन
2021-07-03 18:57:17cri
Share with:

चीनमाथि औँला ठड्याएर बकबक गर्ने उपदेश चीनलाई चाहिँदैन_fororder_QQ图片20210703170516

चीनमाथि औँला ठड्याएर बकबक गर्ने उपदेश चीनलाई चाहिँदैन_fororder_QQ图片20210703170529

“चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताले आफैँले छानेको बाटोमा दृढताका साथ हिँडेर चीनमा विकास र प्रगतिको भाग्य आफ्नो हातमा सशक्त रुपमा समात्ने छन्।” चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० ‌औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित समारोहमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले विश्वसामु उक्त गम्भिर घोषणा गर्नुभएको हो।

विगत १०० वर्षयता मार्क्सवादी विचारधाराको निर्देशनमा चिनियाँ कम्युनिष्ट पार्टीले सम्पूर्ण चिनियाँ जनताको नेतृत्व गरी राष्ट्रिय स्वतन्त्रता र जनताको मुक्ति गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीन विपन्न मुलुकबाट विश्वको दोस्रो आर्थिक समुदाय बनेको छ। जसबाट चिनियाँ जनताको खाने लाउने समस्याको समाधान गरिएको र प्रति चिनियाँको औसत गार्हस्थ उत्पादन मात्रा १० हजार अमेरिकी डलर नाघेको छ। समाजवाद मात्र चीनलाई बचाउनसक्ने र चिनियाँ विशेषतायुक्त समाजवाद मात्र चीनको विकास गर्न सक्ने विगत एक सय वर्षको इतिहासबाट प्रमाणित भएको छ।

विश्वमा सबैभन्दा ठूलो सत्तारुढ पार्टीको रुपमा चिनियाँ कम्युनिष्ट पार्टीले खोजेको यस विकासको बाटोले विश्वका विकास र प्रगतिमा पनि प्रेरक शक्ति पुर्‍याएको छ। विगत धेरै वर्षयता विश्वको आर्थिक बृद्धिमा चीनको योगदान ३० प्रतिशत कायम भएको छ। चीनले अपनाउँदै आएको “बेल्ट एण्ड रोड”प्रस्तावबाट सम्बन्धित मुलुकका ७६ लाख जनता पूर्ण गरिबीको स्थिति र ३ करोड २० लाख जनता माध्यम गरिबीको स्थितिबाट मुक्त हुनेछन्। चीनको विकासले विश्वको संयुक्त विकासलाई सशक्त रुपमा अघि बढाएको छ।

नयाँ युगको परीक्षामा चिनियाँ कम्युनिष्ट पार्टीले मानव जातिको सम्पूर्ण उपयोगी उपलव्धिबाट सिक्नुका साथै हितकर राय-सुझाव र राम्रो आलोचनाको स्वागत गर्नेछ, तथापि चीनमाथि औँला ठड्याएर बकबक गर्ने उपदेशलाई अस्वीकार गर्नेछ।