सीपीसी शक्तिशाली र प्रभुत्व नहुने शान्तिपूर्ण विकास हुने नयाँ बाटोमा हिँड्दै जाने #चिनियाँकम्युनिष्टपार्टीकोसतवार्षिकी
2021-07-03 20:15:08cri
Share with:

सीपीसी शक्तिशाली र प्रभुत्व नहुने शान्तिपूर्ण विकास हुने नयाँ बाटोमा हिँड्दै जाने #चिनियाँकम्युनिष्टपार्टीकोसतवार्षिकी_fororder_QQ图片20210703170529

“चिनियाँ कम्युनिष्ट पार्टीले मानव जातिको भावी भाग्यको ख्याल विचार गर्नुका साथै विश्वमा रहेका सबै प्रगतिशील शक्तिसँगै हातमा हात मिलाएर अघि बढ्दै जानेछ। चीन सधैँ नै विश्व शान्तिको निर्माता हुनुका साथै विश्व विकासका लागि योगदानकर्ता र अन्तर्राष्ट्रिय परिपाटीको संरक्षक रहिरहने छ!” चिनियाँ कम्युनिष्ट पार्टीको सतवार्षिकी समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले गम्भीरताका साथ उक्त वचनबद्धता व्यक्त गर्नुभएको हो।

शान्ति चीन राष्ट्रले ५ हजार वर्षभन्दा लामो समयदेखि बिँडो थाम्दै आएको भावना हुनुका साथै गहिरो रूपमा चिनियाँ कम्युनिष्ट पार्टीको रगतमा मिसिएको मुख्य जिन पनि हो। चीनको बदलिँदो परिवर्तनलाई साक्षर गरेका क्यानाडाका वृद्धा इसाबेल क्रुकले के ठहर गर्नु भएको छ भने चिनियाँ कम्युनिष्ट पार्टीले नै शान्ति ल्याएको छ।

बाह्य जगतले के देखेको छ कि चिनियाँ कम्युनिष्ट पार्टीले सत्तामा आएयता जनताको नेतृत्व गर्दै देशको निर्माण र विकास गर्दै आएको छ। त्यसले पश्चिमा मुलुकका जस्तै ”देश सशक्त भएपछि प्रभुत्व हुने” पुरानो बाटोको छनोट नगरी देश सशक्त र समृद्ध भन्ने साझा जित हुने नयाँ बाटोलाई रोजेको छ। जुन चिनियाँ कम्युनिष्ट पार्टीले मानव जातिको प्रगति कार्यका लागि गरेको महत्वपूर्ण योगदान पनि हो।