सीपीसीद्वारा जिवन्त शक्तिलाई सधैँ कायम राख्ने मुख्य कारण आत्म क्रान्ति
2021-07-04 18:16:53cri
Share with:

सीपीसीद्वारा जिवन्त शक्तिलाई सधैँ कायम राख्ने मुख्य कारण आत्म क्रान्ति_fororder_QQ图片20210704164056

“हाम्रो पार्टी हजारौँ कठिनाई र परीक्षा पार गरेर आएको छ जसले यसलाई अझ जिवन्त देखिएको मुख्य कारण के हो भने हामीले सधैँ नै पार्टीको व्यवस्थापन गर्ने, सम्पूर्ण र गम्भीर रूपमा पार्टीको सञ्चालन गर्ने र विभिन्न ऐतिहासिक अवधिमा देखा परेका विविध खतरा र परीक्षाको राम्रोसँग सामना गर्ने रहेको छ।” चिनियाँ कम्युनिष्ट पार्टीको सतवार्षिकी समारोहमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले गहन रूपमा उक्त विश्लेषण गर्नुभएको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको एक सय वर्षको प्रयास यात्राको पुन:सिंहावलोकन गर्दा साहस भएर आत्म क्रान्ति चलाउनु नै अन्य राजनीतिक पार्टी फरक हुने स्पष्ट विन्दु हो। सन् १९२६ मा चिनियाँ कम्युनिष्ट पार्टीले पहिलो भ्रष्टाचार विरोधी दस्तावेज जारी गरेको थियो। चीनको क्रान्तिको नेतृत्व गर्दै नयाँ चीनको स्थापना गरेको कुराबाट सुधार र खुलापनलाई कार्यान्वयन गरेको कुरासम्म चिनियाँ कम्युनिष्ट पार्टीले लगातार रूपमा सम्पूर्ण र गम्भीरताका साथ पार्टीको सञ्चालन गर्दै आएको छ। विशेषगरी चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता भ्रष्टाचारमा सुन्य सहनशिलता अपनाएर प्रहार गर्दै आएको कारवाहीले चिनियाँ कम्युनिष्ट पार्टीको आफ्नो निर्देशनात्मक शक्ति र लडाईं शक्तिलाई उकास्नुका साथै अन्तर्राष्ट्रिय समाजका लागि गहिरो छाप पनि पारेको छ।

बितेका १ सय वर्षको इतिहासबाट के प्रमाणित गरिएको छ भने चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ जनताका लागि सुखको सिर्जना गर्ने राजनीतिक पार्टी हुनुका साथै मानव जातिको प्रगति कार्यका लागि अथक प्रयास गर्ने राजनीतिक पार्टी पनि हो।