अग्लो भवन ढल्दा पुरिएकाहरुको उद्दारमा अमेरिकी सरकारको बेवास्ता
2021-07-04 18:17:36cri
Share with:

अग्लो भवन ढल्दा पुरिएकाहरुको उद्दारमा अमेरिकी सरकारको बेवास्ता_fororder_QQ图片20210704164050

दश दिन अगाडि अमेरिकाको फ्लोरिडा राज्यमा अपार्टमेन्ट ढल्दा उद्धार कार्य मन्द भएको र अमेरिका सरकारको बेवास्ता धारणा दु:खपूर्ण रहेको छ।

अमेरिका सरकारको तथ्याङ्क अनुसार, स्थानीय समय जुलाई २ तारिखसम्म फ्लोरिडा राज्यमा भएको अपार्टमेन्ट ढलेको घटनामा परी २२ जनाको मृत्यु हुनुका साथै १२६ जना बेपता भएका छन्। घटना भएदेखि दश दिन वितिसकेको छ, तथापि अझै १२६ व्यक्ति भग्नावशेषमुनि पुरिएका छन्। उनीहरु बाँच्ने सम्भावना निकै कम छ।

भग्नावशेषमुनि एक जना मान्छे बढीमा कति घण्टा बाँच्न सक्छ? अन्तर्राष्ट्रिय उद्धार क्षेत्रले मानेको समय ७२ घण्टा हो, विशेष गरी अघिल्लो २४ घण्टा ज्यान बचाउनका लागि एकदम महत्वपूर्ण छ। तथापि अमेरिकामा यस्तो नियमलाई वास्ता गरेको छैन।

अमेरिकी सञ्चार माध्यमका अनुसार, फ्लोरिडा राज्यमा अपार्टमेन्ट ढलेको घटनापछि स्थानीय र संघीय सरकारले उद्धारको अनुमति प्रक्रियाका लागि १६ घण्टा लगाएको थियो। घटना भएपछि १६ घण्टामा पहिलो उद्धार टोली तत्स्थानमा पुगेको थियो। एनबीसीले यसबारे टिप्पणी गर्दै “यो मान्छे मारेको अपराध कार्य जस्तै हो” भनेको छ।

अमेरिकी उद्धार टोलीले तत्स्थानमा गरेको प्रदर्शन हेरौं। उनीहरुले एक पछि अर्को गरी विस्तारै इँटा पस्नाएका छन्। यस्तो मन्द गतिबिधिको कारण अवश्य नै दु:खपूर्ण घटना भएको छ।

अमेरिकी अधिकृतहरुले यस्तो तनावपूर्ण स्थितिमा के गरेका छन्? उनीहरुले राहत दिने निर्देशनको सट्टामा हरेक दिन पत्रकार सम्मेलन आयोजना गरी “अझ आशा बाँकी रहेको” दाबी गरेका छन्। अमेरिकी राजनीतिज्ञहरुले सबैभन्दा आधारभूत रुपमा मान्छेको बाँच्न पाउने मानव अधिकारलाई बेवास्ता गरेका छन्। अब पनि “मानव अधिकार”का नाममा अरु देशमाथि दोषारोपण गर्ने अधिकार अमेरिकासँग छ त?