सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलनमा उपस्थित
2021-07-05 09:47:12CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु चाउमिङले  जुलाई ५ तारिख चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलन जुलाई ६ तारिख भिडियोमार्फत आयोजना हुने तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङबाट उक्त सम्मेलनमा सम्बोधन गर्नुहुने बताउनुभएको छ। प्रवक्ताका अनुसार, १६० वटा मुलुकका राजनीतिक पार्टी र राजनीतिक संगठनका ५०० जना नेता र करिब दश हजार जना प्रतिनिधि उक्त सम्मेलनमा सहभागी हुने छन्।

यस पटकको सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको शत वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना हुने महत्वपूर्ण बहुपक्षीय कूटनीटिक कार्यक्रम हो।