दुर्लभ अभिलेखद्वारा सय वर्षको पार्टीको कम चिनजान भएको इतिहासको ठोस विषयको जानकारी
2021-07-05 14:50:46cri
Share with:

 

 

 

दुर्लभ अभिलेखद्वारा सय वर्षको पार्टीको कम चिनजान भएको इतिहासको ठोस विषयको जानकारी_fororder_4

चिनियाँ कम्युनिष्ट पार्टीको प्रारम्भिक अवधिमा कसरी कूटनीतिक क्रियाकलाप गरेको थियो? असी वर्षअघिको सोभियत क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीले महामारीको कसरी प्रतियोध गरेको थियो र कसरी खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो? हाल आयोजित “राष्ट्रिय पुन:उत्थानको एक सय वर्षको झण्डा-चिनियाँ इतिहास अनुसन्धानालयद्वारा संकलन गरिएको विदेशमा भएको सीपीसीको दुर्लभ अभिलेख प्रदर्शनीमा” रुस, अमेरिका, नेदरल्याण्डस लगायत मुलुक र क्षेत्रहरुबाट संकलन अथवा कपी गरिएका मूल्यवान अभिलेखहरु समावेश थिए। जसले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको एक सय वर्षको इतिहासमा कम चिनजान भएको इतिहासको ठोस विषयको प्रदर्शन गरेको छ।

“राष्ट्रिय पुन:उत्थानको एक सय वर्षको झण्डा-चिनियाँ इतिहास अनुसन्धानालयद्वारा संकलन गरिएको विदेशमा भएको सीपीसीको दुर्लभ अभिलेख प्रदर्शनी” ले सो अनुसन्धानालयबाट संकलन गरिएका प्रशस्त सामग्रीहरुमध्ये करिब ५०० फोटो छानेको हो। यस पटक प्रदर्शन गरिएका अधिकांश अभिलेख र फोटाहरु पहिलो पटक सार्वजनिक भएको हो। यिनीहरुका महत्वपूर्ण ऐतिहासिक मूल्य, सैद्धान्तिक मूल्य र वास्तविक मूल्य रहेका छन्। उदाहरणका लागि अभिलेखहरुमा सन् १९४४ मा चिनियाँ कम्युनिष्ट पार्टीका नेताले अमेरिकी सेनाको पर्यवेक्षक टोलीसँग वार्ता गरी भोज गरेका विषयमा अमेरिकी प्रसिद्ध पत्रकार फोरमानले खिचेका फोटाहरु समावेश थिए। यसबारे चर्चा गर्दै चिनियाँ इतिहास अनुसन्धानालयका अनुसन्धानकर्ता च्याङ थाउ भन्नुहुन्छ,

सन् १९४४ को ग्रीष्म र शरद ऋतुमा अमेरिकी सेनाले यान आनतर्फ एउटा पर्यवेक्षक टोली पठाएको थियो। यस पर्यवेक्षक टोलीको साथमा एक जना पत्रकार फोरमान हुनुहुन्थ्यो। उहाँले सम्पूर्ण पर्यवेक्षक टोलीको साथमा फोटो खिच्नु भएको थियो। तीमध्ये चिनियाँ कम्युनिष्ट पार्टीका नेताले अमेरिकी सेनाको पर्यवेक्षक टोलीसँग वार्ता गरी सँगै भोज खाएका फोटाहरु समावेश थिए। पहिले हामीले यी फोटाहरु देखेका थिएनौं, बरु सम्बन्धित लेख मात्र देखेका थियौँ।

८८ वर्षअघि सोभियत क्षेत्रले तर्जुमा गरेको “महामारीको प्रतिरोध” अभिलेख व्यापक ध्यानाकर्षण भएको विषय हो। सन् १९३३ मा चिनियाँ कम्युनिष्ट पार्टीले युद्धको कठिन वातावरणमा महामारीको प्रतिरोधको सम्बन्धमा “सोभियत क्षेत्रमा महामारीको प्रतिरोध सम्बन्धी अस्थायी नियम” सार्वजनिक गरेको थियो। चिनियाँ इतिहास अनुसन्धानालयकी अनुसन्धानकर्ता लो मिन सो नियम धेरै कदमहरु आज पनि प्रचलित रहेको भन्नुहुन्छ,

त्यय बेलामा प्लेग र निमोनिया देखा परेको थियो। गणतन्त्र चिनियाँ सोभियत सरकारले बसन्त ऋतुमा खेल सम्बन्धी एउटा आदेश गरेको थियो। महामारीको प्रतिरोधका लागि सर्वसाधारणलाई परिचालन गर्ने आवश्यक्ता थियो। त्यसैले सर्वप्रथम धुमधामसँग प्रचार-प्रसार गरिनु परेको थियो। सर्वसाधारणले सरुवा रोगको जोखिमबारे चिनजान गर्नु परेको थियो।प्रचार प्रसारको आधारमा सर्वसाधारणमा भर परेको थियो। यसका साथै महामारीको प्रतिरोध सम्बन्धी प्रतियोगिताको आयोजना गरिएको थियो। अहिलेको दृष्टिकोणबाट हेर्दा कोरोना महामारीको प्रतिरोधमा चीनले पनि ठूलो सफलता प्राप्त गरेको छ, तर यो वास्तवमा पहिलेको अनुभवको निरन्तरता हो, जुन सर्वसाधारणको परिचालन गरिनु र उनीहरुको भूमिकाको पूर्ण रुपमा निर्वाह गराइनु हो।

सो प्रदर्शनीमा अमेरिकाको स्टान्फोर्ड विश्वविद्यालयले संचित गरेको ८८ वर्षअघिका खेलकुद पाठ्यपुस्तकहरु समावेश थिए। तिनीहरुले सोभियत क्षेत्रमा सैनिक र सर्वसाधारणले सक्रियताका साथ विभिन्न खेलकुद प्रतियोगितामा गरेको दृश्य देखाएका छन्। यसबारे चर्चा गर्दै लो मिन भन्नुहुन्छ,

सोभियत क्षेत्रमा खेलकुदको कसरी आयोजना गरिएको विषयमा अहिलेको दृष्टिकोणबाट हेर्दा यी विषयहरु पनि बैज्ञानिक रहेका छन्। ट्र्याक कसरी राखिएको, त्यसको छेउमा ब्याटमिन्टन र बास्केटबल लगायत मैदान कसरी राखिएको विषयमा यी पाठ्यपुस्तकहरुमा विस्तृत नियम तोकिएको थियो।