चिनियाँ जनताबाट चिनियाँ कम्युनिष्ट पार्टी छुट्टिन नसक्ने #चिनियाँकम्युनिष्टपार्टीकोसतवार्षिकी
2021-07-05 20:32:45CRI
Share with:

चिनियाँ जनताबाट चिनियाँ कम्युनिष्ट पार्टी छुट्टिन नसक्ने #चिनियाँकम्युनिष्टपार्टीकोसतवार्षिकी_fororder_02

“चिनियाँ जनताबाट चिनियाँ कम्युनिष्ट पार्टी छुट्टिनु र छुट्याउने कुनै पनि प्रयास गर्नु सफल हुने छैन। ९ करोड ५० लाख भन्दा बढी चिनियाँ कम्युनिष्टहरू यसमा सहमत हुँदैनन् र १ अरब ४० करोड भन्दा बढी चिनियाँहरू पनि सहमत छैनन्।” चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औं वार्षिकोत्सवको अवसरमा चिनियाँ कम्युनिष्ट पा‍र्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले स्पष्ट रुपमा घोषणा गर्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीलाई बुझ्नका लागि यसलाई र चिनियाँ जनताको सम्बन्ध बुझ्नु पर्दछ। चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दीयौंदेखिको संघर्षलाई फर्केर हेर्दा, यो बुझ्न कठिन छैन कि किन चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेताले यस्तो दृढ र विश्वस्त बयान दिनुभएको छ।

चिनियाँ जनताबाट चिनियाँ कम्युनिष्ट पार्टी छुट्टिन नसक्ने #चिनियाँकम्युनिष्टपार्टीकोसतवार्षिकी_fororder_01

एक सय वर्षसम्म चिनियाँ कम्युनिष्ट पार्टीले जनतालाई नयाँ चीन निर्माण गर्न, समाजवादी निर्माण कार्य गर्न, सुधार र खुलापन कार्यान्वयन गर्न, सबै पक्षबाट मध्यम समृद्ध समाजको निर्माण गर्न, र साझा समृद्धिको लक्ष्यतर्फ अघि बढ्न नेतृत्व गरेको छ। आधारभूत उद्देश्य भनेको जनतालाई राम्रो जीवन जिउन दिनु हो।

"देश भनेको जनता हो र जनता भनेको देश नै हो।" यो चिनियाँ कम्युनिष्ट पार्टी शताब्दीको गहन सारांश हो।