आबासमा समेटिएको सम्पन्न समाज
2021-07-05 11:09:57CRI
Share with:

आबासमा समेटिएको सम्पन्न समाज_fororder_zhufang2

जुलाई १ तारिख आयोजित चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा चिनियाँ सर्वोच्च नेता सी चिनफिङले चीनमा सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण पूरा गर्ने घोषणा गर्नुभएको छ। सम्पन्न समाज कस्तो छ त? यो जवाफ चिनियाँहरूको पोशाक, खानपान, आवास र यातायातबाट पाउनसकिन्छ।

आबासमा समेटिएको सम्पन्न समाज_fororder_zhufang1

चीनको उत्तरको है लुङ च्याङ प्रान्तमा बसोबास गर्ने ह च जाति चीनका ५५ वटा अल्पसंख्यक जातिहरूमध्येको एक हो। सत्तरी वर्षअघि नयाँ चीन स्थापना हुँदा ह च जातिका मानिस ३०० जना मात्र थिए। हाल ह च जातिको कुल जनसंख्या ५००० भन्दा बढी भएको छ। हाल ह च जातिका वासिन्दाको जीवन अझै राम्रो बन्दैछ। ह च जातिको आबासको परिवर्तन सम्पन्न जीवनको एक द्योतक बनेको छ।     

आबासमा समेटिएको सम्पन्न समाज_fororder_zhfuang3

यसै गरी, चीनको दक्षिणी च च्याङ प्रान्तीय छुन आन जिल्लामा श्या च्याङ गाउँ पर्दछ। गत शताब्दीको सत्तरी दशकमा स्थानीय वासिन्दाहरूले पहाडको भरमा जीवन बिताएका थिए। च च्याङ प्रान्तले सन् २००३ मा “हजार गाउँको नमूना, दश हजार गाउँको सुधार” नामक परियोजनाको कार्यान्वयन गरेको थियो। “होमस्टे” लगायतका तरीकामार्फत श्या च्याङ गाउँका वासिन्दाले स्थानीय पर्यावरणीय वातावरणको संरक्षण गर्नुका साथै आफ्नो आबास वातावरणको सुधार गरेका छन्।

आबासमा समेटिएको सम्पन्न समाज_fororder_zhufang4