सी चिन फिङको भनाइद्बारा चीन र यूरोपका लागि अगाडि जाने खुल्ला
2021-07-06 20:14:00CRI
Share with:

सी चिन फिङको भनाइद्बारा चीन र यूरोपका लागि अगाडि जाने खुल्ला_fororder_01

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले फ्रान्सेली राष्ट्रपति इम्मानूअल म्याक्रोन र जर्मन चान्सलर एन्गेला मर्केलसँग भिडियो शिखर सम्मेलनको आयोजना गर्नुभयो। तीन महिनामा तीन देशका नेताहरूले आयोजना गरेको यो दोस्रो भिडियो शिखर सम्मेलन हो। यो चीन र युरोपले द्विपक्षीय सम्बन्धलाई महत्व दिएको र सहयोगलाई सुदृढ पार्ने इच्छाको स्पष्ट संकेत पनि हो।

चीन र युरोप अन्तर्राष्ट्रिय संरचनामा दुई महत्वपूर्ण ध्रुवहरू हुन् र त्यहाँ एक अर्काबीच कुनै आधारभूत द्वन्द्व छैन। चीन र युरोपले आपसी सम्मानका सिद्धान्तमा सहकार्य गरिरहेका छन् र मतभिन्नतालाई हटाउने साझा आधार खोजिरहेका छन्, दुवै पक्षबीच रणनीतिक साझेदारीमा निरन्तर सुधार भइरहेको छ’, सी चिन फिङले भन्नुभयो। उहाँको भनाइले दुबै पक्षका लागि अगाडि जाने बाटो औंल्याएको छ।  

सी चिन फिङको भनाइद्बारा चीन र यूरोपका लागि अगाडि जाने खुल्ला_fororder_02

राजनीतिक दृष्टिकोणबाट चीनले सँधै यूरोपीयन एकीकरण प्रक्रियालाई समर्थन गरेको छ। त्यस्तै, युरोपेली पक्षले चीनको राजनीतिक प्रणाली र विकास मार्गलाई पनि सम्मान गर्नुपर्छ र बुझ्नुपर्छ। व्यावहारिक सहयोगमा, सकेसम्म छिट्टै यूरोपसँग २३औं चिनियाँ-यूरोप नेताहरूको बैठक आयोजना गर्न चीन इच्छुक छ। अन्तर्राष्ट्रिय मामिलामा, चीनले जोड दियो कि संयुक्त राष्ट्र संघको मूलको रुपमा एक अन्तर्राष्ट्रिय प्रणालीलाई सुरक्षा गर्नुपर्छ। र यूरोपले खोपको आपूर्ति र आर्थिक पुनःप्राप्तिको क्षेत्रमा अफ्रिकालाई झन् बढी मद्दत दिने चीनले आशा व्यक्त गरेको छ।

म्याक्रोनले फ्रान्सले चीनसँग विश्व व्यापार संगठनको सुधार, जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षणआदि क्षेत्रहरूमा घनिष्ट सम्पर्क गर्ने आशा लिएको बताउनुभयो। यसैगरी, मर्केलले जर्मनीले चीनसँग खोपको निष्पक्ष उत्पादन र वितरण, मानिसको पुनःआवत-जावत तथा व्यापार आदानप्रदानका लागि सहकार्य गर्ने आशा लिएको बताउनुभयो।