दक्षिण-दक्षिण सहयोगका लागि सहायता कोष र दक्षिण-दक्षिण सहयोग तथा विकास विद्यालय स्थापना भएको पाँचौँ वार्षिकोत्सवमा राष्ट्राध्यक्ष सी चिनफिङको सन्देश
2021-07-08 15:49:28cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ८ तारिख दक्षिण-दक्षिण सहयोगका लागि सहायता कोष र दक्षिण-दक्षिण सहयोग तथा विकास विद्यालय स्थापना भएको पाँचौँ वार्षिकोत्सवको अवसरमा एक सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, पाँच वर्षयता दक्षिण-दक्षिण सहयोगका लागि सहायता कोषले सक्रिय रूपमा विकासोन्मुख देशलाई समर्थन दिनुका साथै दक्षिण-दक्षिण सहयोग तथा विकास विद्यालयले चीन र विकासोन्मुख देशको प्रशासन अनुभव बाँड्न प्रयास गरेको छ। कोष र विद्यालयले दक्षिण-दक्षिण सहयोगलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

विकासोन्मुख देशहरूसँग दक्षिण-दक्षिण सहयोगको निहित शक्ति विकास गरेर विकसित अवसर बाँड्न चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले दोहोर्याउनुभएको छ।