सञ्लालनमा आएको ल्हासा-लिन्ची रेलवेद्वारा तिब्बती जनताको समृद्धिका लागि शक्ति
2021-07-08 09:18:31cri
Share with:

सञ्लालनमा आएको ल्हासा-लिन्ची रेलवेद्वारा तिब्बती जनताको समृद्धिका लागि शक्ति_fororder_00303984207_8d47a24c

ठूलो परिमाणको पूर्वाधार प्रबन्धको निर्माण र यस सम्बन्धी पूँजी लगानीबाट सिर्जना गरिने वाणिज्य तथा रोजगारी अवसरमा निर्भर रहेर एक क्षेत्रको आर्थिक तथा सामाजिक समृद्धिलाई प्रवर्द्धन गर्नु नै मानव जातिको सभ्यता इतिहासमा एक प्रभावकारी विकास शैली प्रमाणित भएको छ।

पूर्वाधार प्रबन्धको निर्माण योजना चीनको राष्ट्रिय विकासको मुख्य प्रवर्द्धन शक्ति हो। हाल यी पूर्वाधारको निर्माण मुख्य गरी चीनका अविकसित क्षेत्र वा ग्रामीण क्षेत्रमा केन्द्रित भएका छन्। स्थानीय प्राकृतिक र भौगोलिक अवस्था भएकाले तिब्बत यस्तो क्षेत्र बनेको छ।

तिब्बती वासिन्दालाई पूर्वी विकसित क्षेत्रका वासिन्दा जस्तै राम्रो जीवन सिर्जना गर्नका लागि ठूलो परिमाणको पूर्वाधार प्रबन्धको निर्माण गर्नुपर्ने देखिन्छ। हाल यस सम्बन्धी धेरै परियोजना संचालन भैरहेका छन्। उदाहरणका लागि तिब्बतका विभिन्न क्षेत्रमा फाइभ-जी नेटवर्कले ढाकिएको छ।