#समाचार सन्दर्भ# विश्व विभिन्न मुलुकका जनताको संसार हो
2021-07-08 14:44:27CRI
Share with:

#समाचार सन्दर्भ# विश्व विभिन्न मुलुकका जनताको संसार हो_fororder_src=http___nimg_ws_126_net__url=http%253A%252F%252Fdingyue_ws_126_net%252F2021%252F0323%252F252560c0j00qqepok0080c000ku00t5g_jpg&thumbnail=650x2147483647&qu

हालै चिनियाँ कम्युनिष्ट पार्टी स्थापना प्रक्रियालाई वर्णन गरिने चलचित्र चीनमा प्रदर्शन भइरहेको छ। यस चलचित्रको नाम हो ‘१९२१साल। चलचित्रमा एउटा दृश्य छ, जहाँ चिनियाँ कम्युनिष्ट पार्टीका मुख्य संस्थापक तथा नेताहरूमध्येका एक ली ता चाउलाई विरोधी पक्षबाट पछ्याइरहेको अवस्थामा गोप्य प्रकाशन कारखानातिर हतार हतार गइरहेको देखाइन्छ। उनको उद्देश्य भनेको प्रकाशित हुने लेखमा लेखिएको ‘सर्वसाधारण’ भन्ने शब्दलाई ‘जनता’ बनाउनु हो। उनका आँखामा सर्वसाधारण समष्टिगत रूपमा व्यक्त गरिने कुरा हो भने जनताले मालिकको अर्थ दर्शाउँछ। सरल शब्दको साटासाटबाटै चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको आरम्भदेखि नै सदस्यहरूले जनतालाई प्राथमिकतामा राखेको प्रतिबिम्बित हुन्छ। यो नै चिनियाँ कम्युनिष्ट पार्टीले भनिरहेको ‘मानव केन्द्रीत र सबै जनताको लागि’ हो।

#समाचार सन्दर्भ# विश्व विभिन्न मुलुकका जनताको संसार हो_fororder_22

चालू वर्षको जुलाई १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको शतवार्षिकी दिवस हो। बितेका एक सय वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीले जनता सर्वोच्च भन्ने विचार राख्दै संकटकालीन समयमा देश र राष्ट्रलाई बचाएको छ। साथै देशको स्थापना र विकास गर्दा जनताको सेवा गर्दै जनताका लागि सुख सिर्जना गर्ने जिम्मा बहन गरेर मानवजातिको प्रगति गर्ने ऐतिहासिक कर्तव्य पनि काँधमा बोकिहिँडेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवर्षिकी समारोहको पाँच दिनपछि ६ तारिख चिनियाँ कम्युनिष्ट पार्टी तथा विश्व पार्टी नेताको शिखर भिडियो सम्मेलन आयोजना भएको छ। १६० भन्दा बढी मुलुकका ५०० अधिक पार्टीका नेताहरू र विभिन्न पक्षका प्रतिनिधिहरूले सम्मेलनमा भाग लिएका छन्।

#समाचार सन्दर्भ# विश्व विभिन्न मुलुकका जनताको संसार हो_fororder_11

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्वका विभिन्न पार्टीका नेतासँग ‘जनतालाई हितकल्याण पुर्याउने पार्टीको दायित्व रहेको’शीर्षकबारे छलफल गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले पार्टीको सहयोगलाई सबल पार्ने संयुक्त रूपमा जनतालाई हित कल्याण पुर्याउने शीर्षकसम्बन्धित् सम्बोधन गर्नुभएको छ। यो चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवको रूपमा सीले पहिलो पटक अन्तराष्ट्रिय समाजलाई चिनियाँ कम्युनिष्ट पार्टीले मानव जातिको भाग्यमा ध्यान दिएको कुरा प्रस्तुत गर्नुभएको हो।

राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा भन्नुभयोः जनतालाई हित कल्याण पुर्याउने चिनियाँ कम्युनिष्ट पार्टीको ‘प्रारम्भिक इच्छा’ हो, चीनले सम्पन्न समाज निर्माण गरेर समाजवादी आधुनिक शक्तिशाली मुलुक निर्माणको दिशामा अघि बढिरहेको छ। चिनियाँ जनताको लाभ भावना, सुखमय भावना र सुरक्षा भावना निरन्तर रुपमा माथि उकासिएको छ। चीनको विकास उपलब्धिबाट हेर्दा जनतालाई केन्द्रको रुपमा राख्ने विकास विचारधारा चिनियाँ कम्युनिष्ट पार्टीले विगत एक सय वर्षमा सफलताका साथ हासिल गरेको पासवर्ड हो।

यसका साथै विशाल युग र ठूलो बनौटको अवस्थामा चिनियाँ कम्युनिष्ट पार्टीले भाग्यको अस्तित्वको दृष्टिकोणबाट जनताको अवधारणालाई एक मुलुकबाट समग्र विश्वतर्फ विस्तार गरेको छ। “मनमा जनताको आवाज सुन्ने, युगको प्रवाह अनुकूल गर्ने, विभिन्न मुलुकलाई समन्वय र सहयोगलाई बढाउने, आफ्नो मुलुकका जनताको हितलाई विश्वको विभिन्न मुलुकका जनताको हितसित जोड्ने, मानव भाग्य समुदायको सिर्जना गर्ने दिशातर्फ हिँड्ने” कुरा प्रस्तुत गरेको छ। साझा विकासको साथ विकास उपलब्धिलाई विभिन्न मुलुकका जनतामा अझै बढी र अझै निष्पक्ष रुपमा लाभ दिइने छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले मानवले सुखमय जीवन खोज्ने बाटोमा एक मुलुक र एक राष्ट्रको अभाव हुँदैन भन्ने बताउनुभयो। साथै “विश्व विकासको निष्पक्षता, प्रभावकारीता र सहकार्यलाई माथि उकास्ने” कुरा आव्हान गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरुका नेताहरुको शिखर सम्मेलनले विश्वको ध्यान आकर्षण गरेको छ। महासचिव सीबाट प्रस्तुत एकता तथा सहयोग, आपसी आदानप्रदान तथा सिकाइ, स्वतन्त्र तथा प्रजातान्त्रिक भएर मानव भाग्य समूदायको साझा निर्माण गर्ने प्रस्तावमा पनि व्यापक सहमति भएको छ।

विश्व विभिन्न देशका जनताको संसार हो। इतिहास जनताबाट निर्माण गरिएको हो। विश्वमा नयाँ परिवर्तन भएको वर्तमान चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो अनुभव बाँडेर विभिन्न राजनीतिक पार्टीहरूसँग मानव भाग्य समूदायको साझा निर्माण गर्न आह्वान गर्नु प्रारम्भिक इच्छाको उत्तराधिकार तथा विकास हो, जनताको आग्रह पूरा गर्नु हो र युगको प्रवृतिसँग अनुकूल पनि हो।