हङकङको राष्ट्रिय सुरक्षा कानून हङकङवासीहरूको हित संरक्षणका लागि
2021-07-08 20:50:45CRI
Share with:

हङकङको राष्ट्रिय सुरक्षा कानून हङकङवासीहरूको हित संरक्षणका लागि_fororder_QQ图片20210708203515

यद्यपि पश्चिममा रहेका चीनविरोधी शक्तिहरुले हङकङको राष्ट्रिय सुरक्षा कानूनको बदनाम जारी राखेकोमा एक वर्षदेखि हङकङको राष्ट्रिय सुरक्षा कानूनको कार्यान्वयनको प्रभावकारिताले यसले हङकङ र हङकङका वासिन्दाको हितको संरक्षणमा सकारात्मक र स्थिर भूमिका खेलेको छ।

राष्ट्रिय सुरक्षा कानूनको बारेमा अझ बढी जान्नका लागि हङहङ विशेष प्रशासनिक क्षेत्र सरकारले हालसालै एक हङकङ राष्ट्रिय सुरक्षा कानून मञ्च आयोजना गरेको थियो।

एक वर्षदेखि कानून कार्यान्वयन भएदेखि हङहङमा सामाजिक व्यवस्था स्थिरतामा फर्किएको छ र हङहङका जनता पनि पहिलेको त्रासबाट शान्त र स्थिर भएका छन्। जूनको अन्त्यमा चिचिङ अनुसन्धान संस्थानले गरेको सर्वेक्षण अनुसार ७५.७ प्रतिशत उत्तरदाता हङकङ नागरिकहरु राष्ट्रिय सुरक्षा कानूनको कार्यान्वयनको प्रभावकारिताबाट सन्तुष्ट छन्। ७० प्रतिशत भन्दा बढी उत्तरदाताहरू विश्वास गर्छन् कि हङकङ राष्ट्रिय सुरक्षा कानूनको कार्यान्वयनमा "एक देश, दुई प्रणाली"को भविष्यमा आफ्नो विश्वास वृद्धि भएको छ।

हङकङको राष्ट्रिय सुरक्षा कानूनको कार्यान्वयन गरिएको यस वर्षमा अन्तर्राष्ट्रिय वित्तिय, व्यापार केन्द्रको रूपमा हङकङको स्थिति सुदृढीकरण गरिएको छ, व्यापार वातावरण अझ राम्रो भएको छ र विदेशी पूँजीप्रति यसको आकर्षण अझ बलियो भएको छ।