सी त जिल्लाको टिमुर गरिबी मुक्तिको नयाँ व्यवसाय
2021-07-09 10:57:31cri
Share with:

सी त जिल्लाको टिमुर गरिबी मुक्तिको नयाँ व्यवसाय_fororder___172.100.100.3_temp_9500027_1_9500027_1_1_ceefa242-7eba-45b0-9f8b-d3f6e160cc9b

स छ्वान खाना विश्वमा प्रसिद्ध छ। स छ्वान खाना पकाउने क्रममा टिमुरलाई त्यहाँको खानाको आत्मा मानिन्छ। स छ्वान प्रान्तीय ल्याङ शान यी जातीय स्वायत्त क्षेत्रको सी त जिल्लामा टिमुरको दीर्घकालीन इतिहासको रोपाई छ। एक हजार वर्षअघिको थाङ वंशमा दक्षिणी रेशमी मार्गमार्फत भारत र इटालीआदि मुलुकहरूतर्फ निर्यात गरियो। हाल सी त जिल्लाका २४ वटा बस्तीका १७० वटा गाउँका टिमुर रुख छन्। टिमुर रुखको क्षेत्रफल १ लाख ८३ हजार ४ सय मू अर्थात् १२ हजार २२२.६७ हेक्टर छ। तीमध्ये ८४ हजार मू अर्थात् ५ हजार ६ सय हेक्टरको टिमुर रुखको उत्पादनमा आएको छ। टिमुर त्यहाँ पहाडी क्षेत्रका किसानको आम्दानी बढाउने महत्वपूर्ण टेवा व्यवसाय बनेको छ।

सन् २०१८देखि सी त जिल्लाले ता हुङ फाउ किसिमको टिमुर बिरुवाको खरीद गरी स्थानीय वासिन्दालाई निःशूल्क वितरण गरेको थियो। साथै स्थानीय सरकारले टिमुर विशेषज्ञलाई किसानसँग प्राविधिक तालिम दिन निमन्त्रण गरेको छ। विशेषज्ञहरूले किसानसँग वैज्ञानिक रोपाई, बिरुवाको शाखा वैज्ञानिक रुपमा काट्ने, वैज्ञानिक व्यवस्थापनको तालिम दिएका छन्। सी त जिल्लाको कृषि तथा ग्रामीण क्षेत्र व्यूरोका उप प्रमुख ची ली यौ फो भन्छन् “समस्त जिल्लाका ५१ वटा रोपाई आधार क्षेत्र छन्। आधार क्षेत्रको क्षेत्रफल करीब २५ हजार मू अर्थात् १६६६.६७ हेक्टर छ। चालू वर्षमा टिमुर व्यवसायको निरन्तर रुपमा विकास भएको र राम्रो उपलब्धि हासिल गरेको छ।” 

सी त जिल्लादेखि २५ किलोमिटर टाढा पर्ने शा मा ला ता गाउँ जिल्लाको उत्तर-पूर्वमा पर्दछ। त्यहाँको एक पहाडमा थ्ये खौ नामक गाउँ छ। थ्ये खौ गाउँको सुन्दर दृश्य छ। पहाडमा टिमुर रुखमा फसल प्रचुर छ। हावामा टिमुरको स्वाद फैलिन्छ। गाउँका कर्मचारी ची ख वा फोकाअनुसार, थ्ये खौ गाउँका २१२ वटा परिवारका ८९५ जना वासिन्दा छन्। प्रति परिवारको ‌औसतमा १५ मू अर्थात् ०.८ हेक्टरको खेतीयोग्य जमीन छ। प्रायजसो खेतीमा टिमुर रुख रोपिएको छ। ची ख वा भो भन्छन् “गाउँको ३५०० मू अर्थात् २३३.३३ हेक्टरको खेतीयोग्य जमीनले हरेक परिवारका लागि पचास हजार चिनियाँ युआनको नाफा दिएको छ। गरिबी निवारण कार्यको कार्यान्वयन गरेका ती वर्षहरूमा सरकारले टिमुर व्यवसायको ठूलो समर्थन दिएको छ। टिमुरको उत्पादित मात्रामा क्रमशःवृद्धि भएको छ। हाम्रो थ्ये खौ गाउँको समुद्री सतहदेखि २५०० मिटरको उचाइ छ। हामीले रोपेको टिमुरको समुद्री सतहदेखि २४०० मिटरदेखि २६०० मिटरसम्म सर्वोच्च उत्पादित मात्रा पुग्छ।”

विगत वर्षहरूमा सी त जिल्लाले नब्बे वटा टिमुर कृषि व्यवसायको नमूना आधार क्षेत्रको निर्माणमा ४ करोड ८० लाख चिनियाँ युआन लगाएको थियो। टिमुरको रोपाई क्षेत्रफल ४० हजार मू अर्थात् २६६६.६७ हेक्टर छ। सन् २०१९मा सी त जिल्लाको टिमुरको उत्पादित मात्रा १४०४ टन पुगेको थियो भने उत्पादित रकम २२ करोड ४० लाख चिनियाँ युआन थियो।

यसका साथै सी त जिल्लाले टिमुर व्यवसाय श्रृंखलाको विकास गर्न प्रयास गरेको छ। सन् २०१८मा सी त जिल्ला क्वाङ खो नामक कृषि कम्पनी लिमिटेडको स्थापना भयो। तीन वर्षयता कम्पनीले टिमुरको रोपाईलाई विस्तार गर्नुका साथै टिमुरको प्रशोधन व्यवसायको विकास गरेको छ। हालसम्म यो कम्पनीका बीस वटाभन्दा बढी विशेष उत्पादित वस्तु बजारतर्फ बिक्री गरिएको छ।