अस्ट्रेलियाद्बारा मानव अधिकारको गम्भीर उल्लंघन
2021-07-09 20:45:47CRI
Share with:

अस्ट्रेलियाद्बारा मानव अधिकारको गम्भीर उल्लंघन_fororder_QQ图片20210709201426

संयुक्त राष्ट्र संघ मानव अधिकार परिषदको ४७औं सत्रले जुलाई ८ तारिख अष्ट्रेलियाको राष्ट्रिय मानव अधिकारको तेस्रो चरणको प्रतिवेदनको समीक्षा गरेको छ। चीन, रुस, सिरिया र संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीका प्रतिनिधिहरुले अष्ट्रेलियाको मानवअधिकार उल्लंघनको बारेमा चिन्ता व्यक्त गरेका छन्। जसबाट अष्ट्रेलियाको मानव अधिकार रेकर्ड वास्तवमै रगत र आँसुको इतिहासमा रूपान्तरण भएको देखिन्छ।  

सयौं वर्ष बितिसकेको छ र अष्ट्रेलियामा आदिवासी जनजातिमाथिको दलन जारी रहेको छ। यद्यपि संयुक्त राष्ट्र संघ मानव अधिकार परिषदले अष्ट्रेलियाको मानव अधिकार रेकर्डको निन्दा गर्दा अस्ट्रेलियाका अधिकारी र मिडियाले यसलाई बेवास्ता गरेका छन्। आदिवासी मुद्दा मानवअधिकारको अष्ट्रेलियाको "कालो रेकर्ड"को सानो हिस्सा मात्र हो। केही वर्षदेखि अष्ट्रेलियामा व्याप्त जातिवादले हिंसात्मक घटनाहरू निम्त्याएको छ। अष्ट्रेलियामा एउटा जातिविरोधी गैर-नाफामुखी संस्थाका अनुसार, मुस्लिम, चिनियाँ कूलका विदेशीहरु र अष्ट्रेलियाली आदिवासीहरू जातिवादी आक्रमणमा पर्ने सबैभन्दा ठूला समूह हुन्। यस सन्दर्भलाई अष्ट्रेलियाका राजनीतिज्ञहरूले पनि बेवास्ता गरेका छन्।।

केही अस्ट्रेलियाका राजनीतिज्ञहरूले आफ्नै मुलुकको मानवअधिकारप्रति चिन्ता व्यक्त गरेको छैनन् तर तिनीहरूले विदेशमा गम्भीर मानव अधिकार उल्लंघन अपराध गरेका छन्। गत वर्ष नोभेम्बरमा अफगानिस्तानमा तैनाथ अष्ट्रेलियाली सेनाले अफगानिस्तानका आम नागरिकहरुको हत्याको घटना गराएको छ। अन्तर्राष्ट्रिय समुदायले सो बारे कडा निन्दा गरेको छ। यद्यपि यो अपराध भएपछि केही अष्ट्रेलियाली मिडिया र राजनीतिज्ञहरूले अपराधीहरूलाई अपराधबाट मुक्त हुन मद्दत गरेका छन्, आजसम्म ती गम्भीर युद्ध अपराध गरेका अष्ट्रेलियाली सैनिकहरूलाई सजाय दिइएको छैन।

तथ्यहरूले यो प्रमाणित गरेको छ। अष्ट्रेलियाले भन्दै आएको छ कि यसले मानव अधिकारको सम्मान गर्दछ। वास्तवमा यस्तो देशले मानव अधिकारको गम्भीर उल्लंघन चाहिं गरेको छ।