राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन र दक्षिण सुडानबीचको दौत्य सम्बन्ध स्थापना भएको दशौँ वार्षिकोत्सको अवसरमा दक्षिण सुडानका राष्ट्रपतिलाई बधाई सन्देश
2021-07-09 12:46:59cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई ९ तारिख दक्षिण सुडानका राष्ट्रपति साल्वा किरसँग एक अर्कालाई बधाई सन्देश दिनुहुँदै दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको दशौ‌ वार्षिकोत्सव मनाउनुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको दश वर्षयता दुई मुलुकको सम्बन्ध स्वस्थ र स्थिर रूपमा विकास भएको तथा विभिन्न क्षेत्रको सहयोग फलदायक भएको बताउनुभयो। सीले राष्ट्रपति किरसँग “बेल्ट एण्ड रोड” प्रारुपमा विभिन्न क्षेत्रको आदान-प्रदान र सहयोगलाई सबल पार्ने आशा पनि व्यक्त गर्नुभयो।

दक्षिण सुडानका राष्ट्रपति किरले बधाई सन्देशमा दक्षिण सुडानले आर्थिक तथा सामाजिक विकास, स्वदेशी शान्ति प्रक्रिया, कोरोना भाइरस महामारीविरुद्ध लड्न लगायतका विविध क्षेत्रहरूमा चीनको सहयोग पाएकोमा दक्षिण सुडान चीनप्रति कृतज्ञता ज्ञापन गर्दछ भन्दै चीनको प्रशंसा पनि गर्नुभएको छ।