#समाचार सन्दर्भ# अमेरिकाको बदनामले महामारी नियन्त्रणको चिनियाँ प्रयास लुक्ने छैन
2021-07-11 15:38:16CRI
Share with:

#समाचार सन्दर्भ# अमेरिकाको बदनामले महामारी नियन्त्रणको चिनियाँ प्रयास लुक्ने छैन_fororder_01

चीनमा कोभिड-१९ महामारी ठूलो मात्रामा फैलिएको त एक वर्षभन्दा लामो समय भइसकेको छ। हाल निकै थोरै क्षेत्रमा कुनै संक्रमित केस देखिएको बाहेक चीनका धेरैजसो क्षेत्रमा सामान्य जीवन पुनःसुचारू भएको छ। तर अमेरिकालगायत विभिन्न पश्चिमा मुलुकले अझै तथाकथित चीनको भाइरस चुहावट सिद्धान्तको प्रचार-प्रसार गरिरहेका छन्। टुडे रूस वेभसाइटले हालै एउटा लेख प्रकाशित गरेअनुसार, अमेरिकी मिडियालगायत युरोप तथा अमेरिका मुलधारका मिडियाले कोभिड-१९ भाइरस चीनको प्रयोगशालाबाट निस्किएको भन्ने भनाइ फेरि चर्काउनुको लक्ष्य बाह्य क्षेत्रलाई चीन विरोधी ट्रम्पको राजनीतिक सम्पदा देखाउने मात्रै हो। यो पहिलाको अमेरिकी सरकारले इराकमा आम विनाशका हतियार अस्तित्वमा रहेको उल्लेख गरेको जस्तै हास्यास्पद  कुरा हो।

गत शताब्दीको नब्बेऔँ दशकमा अमेरिकाले अकस्मात विश्वको एक मात्र सुपर पावर ठूलो मुलुक बनेको थियो र धेरैजसो विकसित मुलुक अमेरिकाको गठबन्धनका सदस्य पनि बनेका थिए। जसबाट अमेरिकाको प्रभुत्ववादी विचारधारा द्रूत गतिले विस्तार भएको थियो र विश्वमा विभिन्न हिंसा तथा युद्ध संचालन गरिएको छ। शीत युद्ध सकिने बित्तिकै अमेरिकाले गठबन्धन सदस्यसँग मिलेर खाडी युद्ध चलाएर इराक आक्रमण गर्दै कुवेतको राजनीतिक अधिकारलाई पुनःसुरू गरेका थिए। तर अमेरिका त्यतिमै रोकिएको थिएन तर इराकमा आम विनाशका हतियार अस्तित्वमा रहेको निहुँमा इराकमा दोस्रो खाडी युद्ध चलाएर सद्दाम शासनलाई नष्ट गरेको थियो र सन् २००३देखि लामो समयसम्म इराकी जनताको प्राकृतिक स्रोत र सम्पत्ति लूट गरिरहेको छ।

#समाचार सन्दर्भ# अमेरिकाको बदनामले महामारी नियन्त्रणको चिनियाँ प्रयास लुक्ने छैन_fororder_02

तर अमेरिकाले उक्त युद्ध चलाउनुको कारणको रूपमा रहेको आम विनाशका हतियार नै हालसम्म कुनै पनि वास्तविक प्रमाण नभेटाएको अमेरिकाले नै स्वीकार गरिसकेको छ। जसबाट अमेरिकाको प्रभूत्ववादी विचारधारा समस्त मानवजातिको लागि सार्वजनिक जोखिम बनिसकेको छ।

केही वर्षयता चीनको विस्तृत राष्ट्रियता वृद्धि भइरहेसँगै अमेरिकालाई पनि लामो समयसम्मको आफ्नो प्रभूत्वमा असर पर्न लागेजस्तो भइरहेको छ। साथै कोभिड-१९ महामारीको नियन्त्रण गर्ने चीनको वास्तविक क्षमता देखेर अमेरिकालाई चीनप्रति अझै  डर लागिरहेको छ। अमेरिकाले चीनको बदनाम गरेबाट चीनबारे केही मुलुकका सर्वसाधारणको गलत बुझाइ बढाइएको छ तापनि महामारीको नियन्त्रण गर्ने चीनको प्रयासलाई लुकेको छैन साथै चीनको व्यावहारिक मनोवृत्ति र सहयोग नै साझा फाइदाको लक्ष्यमा केन्द्रित भएकाले विश्व महामारी पराजित गर्नमा सहयोग पुर्याउन पछि हट्ने छैन।