चीन-उत्तर कोरया मैत्रीपूर्ण सहयोग तथा पारस्परिक सहायता सन्धिमा हस्ताक्षरको ६०‌औं वार्षिकोत्सव, राष्ट्राध्यक्ष सी र किमबीच शुभकामना आदानप्रदान
2021-07-11 15:35:07CRI
Share with:

जुलाई ११ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ र उत्तर कोरियाको श्रमिक पार्टीका महासचिव,राज्य परिषदका अध्यक्ष,उत्तर कोरियाको सशस्त्र शक्तिका सर्वोच्च चीफ कमाण्डर किम जोंग उनबीच《चीन उत्तर कोरया मैत्रीपूर्ण सहयोग तथा पारस्परिक सहायता सन्धि》हस्ताक्षर गरिएको ६०‌औं वार्षिकोत्सवका अवसरमा आपसी बधाई सन्देश साटासाट भएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार सन् १९६१ मा चीन र उत्तर कोरियाका पुराना नेताहरुको विवेकशील नेतृत्वमा《चीन - उत्तर कोरया मैत्रीपूर्ण सहयोग तथा पारस्परिक सहायता सन्धि》मा हस्ताक्षर गरिएबाट यी दुबै मुलुकका जनताले रगतद्वारा सिर्जना गरेको मित्रतालाई मजबुत बनाउँदै आपसी दीर्घकालीन मैत्रीपूर्ण सहयोगका लागि महत्वपूर्ण रणनीतिक कानूनी आधार सिर्जना गरिएको छ। ६० वर्षयता यी दुबै मुलुकले उक्त सन्धिको भावनालाई कायम राख्दै आ-आफ्ना समाजवादी कार्यको विकासलाई प्रवर्द्धन गर्दै आएका छन्।

महासचिव किम जोंग उनका अनुसार उत्तर कोरिया र चीनबीचको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको विकास तथा प्रवर्द्धन नै उत्तर कोरियाली श्रमिक पार्टीको दृढ अडान हो। उत्तर कोरियाको श्रमिक पार्टी,सरकार र जनताले चीनसँगको मूल्यवान मित्रतालाई जोड दिँदै समाजवादको निर्माणको पवित्र बाटोमा चिनियाँ कम्युनिष्ट पार्टी,चीन सरकार र चिनियाँहरुसँग हातमा हात मिलाएर अगाडि बढ्दै जानेछ।