चीनका राष्ट्राध्यक्ष सीद्वारा मंगोलियाली समकक्षीलाई राष्ट्रिय दिवसको बधाई #चिनियाँराष्ट्राध्यक्ष
2021-07-11 15:36:23CRI
Share with:

जुलाई ११ तारिखमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मंगोलियाका राष्ट्रपति उख्नागिन खुरेलसुहलाई त्यहाँको राष्ट्रिय दिवसको अवसरमा बधाई सन्देश पठाउनुभएको छ।  

राष्ट्राध्यक्ष सी चिन फिङले बधाई सन्देशमा चीन र मंगोलिया राम्रो छिमेकी, राम्रो मित्र र राम्रो साझेदार भएको उल्लेख गर्नुभएको छ। सीले केही वर्षदेखि चीन र मंगोलिया सम्बन्धको विकास द्रूत गतिमा बढिरहेको बताउँदै विभिन्न क्षेत्रहरुमा व्यावहारिक सहयोग भएको र जनस्तरीय मित्रता अझ गहिरो भएको ‌औंल्याउनुभयो।

नयाँ कोरोना भाइरसको प्रकोप पछि दुबै देशले एकअर्कालाई सहयोग गरेको र यसले महामारीको लडाइँमा छिमेकी देशहरूबीचको सहयोगमा नमूना स्थापित गरेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो। नयाँ परिस्थिति अन्तर्गत सँगसँगै प्रयास गर्दै चीन-मंगोलिया व्यापक रणनीतिक साझेदारी निरन्तर गहन पार्न आफू इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले सन्देशमा उल्लेख गर्नुभएको छ।