डिजाइनर वाङ ली ह्वा
2021-07-12 13:35:03cri
Share with:

 

डिजाइनर वाङ ली ह्वा_fororder_3

गल्ली र चार कुना भएको चोकबाट पैचिङको परम्परागत संरचनाको विशेष शैली स्थापित छ। शहरको विकासको सिलसिलामा परम्परागत शैलीको संरक्षणको आधारमा कसरी पुरानो भवनलाई आधुनिक बनाउने विषय पैचिङबासीहरुले ध्यान दिँदै आएको कुरा हो।

२८ वर्षीय वाङ ली ह्वा एक युवा डिजाइनर हुन्। विश्वविद्यालयमा संरचना तथा निर्माण डिजाइनको अध्ययन गर्दा उनले गल्ली र चार कुना भएको चोकप्रति चासो राखेका थिए। विश्वविद्यालयबाट स्नातक गरेपछि उनी गल्लीको मर्मत तथा जिर्णोद्धार गर्ने एक डिजाइनर बनेका छन्।

उनको दैनिक काममा पैचिङका विभिन्न गल्लीहरु घुमेर सर्भेक्षण गर्ने, सम्बन्धित प्रस्तावको संशोधन गर्ने, प्रख्यात व्यक्तिको पूर्व आबास भवनको जीर्णोद्धार गर्ने, होमस्टे होटेलको सुधार गर्ने, सर्वसाधारण बस्ने आबासको सुधार गर्ने लगायत जिम्मेवारीहरु रहेका छन्।

प्राचीन पैचिङको सांस्कृतिक विशेषतायुक्त गल्लीको संरक्षणका साथै गल्लीमा बसोबास गर्ने परिवारहरुले आधुनिक जीवन विताउनसकोस् भन्ने वाङ ली ह्वाको चाहना रहेको छ।