हङकङको समाचार स्वतन्त्रताः “प्रचारक र “नक्कली दयालु व्यक्ति” आवश्यक छैन
2021-07-12 17:42:36CRI
Share with:

हङकङको समाचार स्वतन्त्रताः “प्रचारक र “नक्कली दयालु व्यक्ति” आवश्यक छैन_fororder_IMG_5316.PNG

अमेरिकी विदेश मन्त्रालयको वेभसाइटले जुलाई १० तारिख “सञ्चार-माध्यमको स्वतन्त्र गठबन्धन”को नाममा एक वक्तव्य प्रकाशित गर्दै “एप्पल डेली”को प्रकाशन बन्द भएको कुरामाथि ध्यान दिएको र हङकङ विशेष प्रशासनिक सरकारले “वाक स्वतन्त्रता दबाएको” औँल्याएको छ। उक्त तथाकथित वक्तव्य अमेरिकाले केही पश्चिमी मुलुकहरूसँग “समाचार स्वतन्त्रता”को नाममा हङकङ मामिलामाथि हस्ताक्षेप गरेको अर्को राजनीतिक प्रहसन हो।

अमेरिकालगायत केही पश्चिमी मुलुकहरूले चीनलाई दबाब दिने आशा लिएको तर उनीहरूले अन्तर्राष्ट्रिय समाजको प्रतिनिधित्व गर्न सक्ने अवस्था छैन।

पहिलो, “एप्पल डेली”को मामिला समाचारको स्वतन्त्रतासित सम्बन्धित छैन। “एप्पल डेली”ले हङकङको राष्ट्रिय सुरक्षा ऐनको उल्लंघन गरेको छ। हङकङको विशेष प्रशासनिक क्षेत्रका प्रहरीहरूले कानुनबमोजिम उक्त पत्रिकाका सम्बन्धित जिम्मेवार व्यक्तिप्रति गरेको कारवाही न्यायको संरक्षण गर्ने कदम हो।

हङकङको समाचार स्वतन्त्रताः “प्रचारक र “नक्कली दयालु व्यक्ति” आवश्यक छैन_fororder_IMG_5317(20210712-164954).JPG

दोस्रो, “एप्पल डेली” बन्द उक्त कम्पनीको निर्णय हो र “जबर्जस्ती बन्द” होइन।

हङकङमा समाचारको स्वतन्त्रता आधारभूत ऐन, हङकङको राष्ट्रिय सुरक्षा ऐन, “हङकङको मानव अधिकार ऐन” र अरु कानुनद्वारा प्रत्याभूति गरिन्छ। खास गरी हङकङको राष्ट्रिय सुरक्षा ऐन लागू भएको एक वर्षयता हङकङका नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षण गरिएको छ।

हङकङमा “प्रचारक र “नक्कली दयालु व्यक्ति” आवश्यक छैन। अमेरिका लगायतका केही पश्चिमा मुलुकहरूले आफ्नो समाचार स्वतन्त्रतामाथि ध्यान दिनुपर्छ।