महामारीको बिरुद्धको श्रेणीकरणमा अमेरिका पहिलो स्थानमा
2021-07-13 18:53:49CRI
Share with:

महामारीको बिरुद्धको श्रेणीकरणमा अमेरिका पहिलो स्थानमा_fororder_24e98e62c466a6710d33655f4b6afc1

३ करोड ३८ लाख ८० हजार व्यक्तिमा कोरोना भाइरस संक्रमित भएका छन् र ६ लाख ७ हजार जना कोरोना भाइरसबाट मृत्यु भएको छ। यो स्थानीय समयबमोजिम जुलाई १२ तारिखसम्म अमेरिकाको महामारी तथ्यांक हो। ब्लूमबर्गले सार्वजनिक गरेको पछिल्लो विश्वको महामारी बिरुद्ध श्रेणीकरणमा अमेरिका पहिलो स्थानमा रहेको छ। महामारीको राम्रोसँग नियन्त्रण गरेका मुलुकमा चीनलगायतका अरू मुलुकहरू र क्षेत्रहरूले निष्पक्ष श्रेणीकरण पाएका छैनन्।

ब्लूमबर्ग विश्वको सबैभन्दा ठूलो बैकिङ सूचना सेवाको आपूर्तिकर्ता मानिन्छ। गत वर्षको नोभेम्बर महिनादेखि ब्लूमबर्गले विश्वभरि महामारीको बिरुद्धको मासिक श्रेणीकरण सार्वजनिक गर्दै आएको छ। संक्रमण दर, मृत्यु दर, आर्थिक बृद्धिको अनुमान आदि सूचीहरू मूल्यांकनका कारक-तत्वहरू समेटिएको छन्। तर उक्त पछिल्लो श्रेणीकरणले मूल्यांकन मापदण्ड बदलिएको छ। बदलिएका सबैभन्दा महत्वपूर्ण कारक-तत्वहरूमा कोरोना भाइरस खोप लगाउने अनुपात, लकडाउन नीतिको गम्भीरता डिग्री, उड्डयनको परिवर्तन, खोप लगाएपछि अन्तर्राष्ट्रिय उड्डयन लाइनको संख्या आदि समावेश छन्।

महामारीको बिरुद्धको श्रेणीकरणमा अमेरिका पहिलो स्थानमा_fororder_7c129cfc000160c7f524c0d6626b76e

“अमेरिक पहिलो स्थानमा” नतिजा प्राप्त गर्नका लागि ब्लूमबर्गले लकडाउन, निकास र प्रविष्टिको महामारी बिरुद्ध व्यवस्थापन नीतिलाई नकारात्मक कारक-तत्वको रुपमा राखेको छ। यो वास्तविकतासित अनुकूल छैन। यसले विज्ञानलाई सम्मान पनि गरेको छैन र जीवनलाई पनि सम्मान गरेको छैन।

“विश्वको पहिलो स्थानमा” मानिएको अमेरिकी राजनीतिज्ञ र सञ्चार-माध्यमले अमेरिकी नागरिक र सहयोग चाहने मुलुकहरूका लागि वास्तविक काम गर्नुपर्छ। नत्रभने तथाकथित “विश्वको महामारीको बिरुद्धको पहिलो स्थानमा रहेको अमेरिका”ले नयाँ अमेरिकी लाज फैल्याउने छ।