चीनको वैदेशिक व्यापारले किन इतिहास सिर्जना गर्‍यो?
2021-07-14 16:38:06CRI
Share with:

चीनको वैदेशिक व्यापारले किन इतिहास सिर्जना गर्‍यो?_fororder_0714ruiping (1)

चीनको भन्सार कार्यालयले जुलाई १३ तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् २०२१ को पूर्वार्द्धमा चीनको सामानको आयात-निर्यातको कुल रकम गत वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशतले बृद्धि भएको छ भने १८० खर्ब ७० अर्ब पुगेको छ। यसले इतिहासको सोही अवधिको सबैभन्दा राम्रो स्तर सिर्जना गरेको छ। यो कोरोना भाइरस महामारीअघि सन् २०१९ को सोही अवधिको तुलनामा २२.८ प्रतिशतले बृद्धि भएको हो।

ठोस अवस्थाबाट हेर्दा उक्त उपलब्धि अनेकौ‌ कारक-तत्वहरूसित सम्बन्धित छ। पहिलो, चीनको अर्थतन्त्रको आधारभूत अवस्था स्थिरताका साथ राम्रो दिशतर्फ विकास भएको कारण चीनको वैदेशिक व्यापारको निरन्तर र स्थिर बृद्धिका लागि सशक्त टेवा उपलब्ध गराइएको छ। रोयटरले जनाएअनुसार, व्यापारिक साझेदारहरूभन्दा छिटो रुपमा महामारीको नियन्त्रण गरेका कारण चीनले सन् २०२० का अघिल्ला महिनाहरूमा महामारीबाट परेको क्षतिबाट मुक्ति पाउन थालेको थियो। चीनले स्थिर आर्थिक पुनरुत्थान साकार तुल्याएको छ।

चीनको वैदेशिक व्यापारले किन इतिहास सिर्जना गर्‍यो?_fororder_0714ruiping (2)

गत जुन महिना चीनको वैदेशिक व्यापार रकम ३२ खर्ब ९० अर्ब चिनियाँ युआन पुगेको र गत वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बृद्धि भएको छ। यी आर्थिक सूचकाङ्कले चीनको महामारी रोकथाम तथा नियन्त्रण क्षमतालाई पुष्टि गरेको छ।

यसबाहेक, खोप विशभरि लगाइएको र विश्वको अर्थतन्त्रको निरन्तर पुनरुत्थान भएको साथसाथै बाहिरी आवश्यकताले चीनको वैदेशिक व्यापारको बृद्धि ल्याएको छ।

चीनको वैदेशिक व्यापारको पुनरुत्थान आफूका लागि हितकर हुनुका साथै विश्वका लागि हितकर छ। चिनियाँ निर्यात उद्योग-व्यवसायहरूले विश्वको महामारीको बिरुद्धका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

चीनको वैदेशिक व्यापारको आन्तरिक शक्ति निरन्तर रुपमा बलियो हुँदैछ। यसले चीनको वैदेशिक व्यापारको स्थिर बृद्धिका लागि हितकर हुनुका साथै सबै व्यापारिक साझेदारहरूको साझा विकास ल्याउने छ।