“अमेरिका पहिलो स्थानमा रहेको” श्रेणीकरणबाट ब्लूमबर्गको प्रतिष्ठा धुलिसात
2021-07-14 20:55:04CRI
Share with:

“अमेरिका पहिलो स्थानमा रहेको” श्रेणीकरणबाट ब्लूमबर्गको प्रतिष्ठा धुलिसात_fororder_98ec7f7bcc4463fc4fac701f3b0c82b

अमेरिकी ब्लूमबर्ग संचार संस्था मुख्यतः अन्तर्राष्ट्रिय समाचार क्षेत्रमा ख्याति कमाएको छ। ब्लूमबर्गले आफू वस्तुगत र निष्पक्ष हुँ भनेर घोषणा गरेको छ। तर यो संस्थानले हालै सार्वजनिक गरेको पछिल्लो “विश्वको महामारी बिरुद्ध श्रेणीकरण”ले अमेरिकालाई विश्वको महामारी बिरुद्धको सबैभन्दा राम्रो मुलुकको मूल्याङ्कन गरेको छ। उसको यस्तो नतिजा देखेर विश्वलाई अचम्म लागेको छ। साथै ब्लूमबर्गको प्रतिष्ठा पनि धुलिसात भएको छ।

“अमेरिका पहिलो स्थानमा रहेको” श्रेणीकरणबाट ब्लूमबर्गको प्रतिष्ठा धुलिसात_fororder_e2b572059615476938f0fc085c4faaa

ब्लूमबर्गको उक्त तथाकथित विश्वको महामारी बिरुद्ध श्रेणीकरणलाई विश्वका इन्टर्नेट प्रयोगकर्ताले विडम्बनापूर्ण भएको भन्दै टिप्पणी गरेका छन्। इन्टर्नेट प्रयोगकर्ताका अनुसार, मृत्यु भएकाहरूको संख्या धेरै भएका कारण अमेरिकाले अस्थायी शव गृहको निर्माण गरेता पनि अमेरिका श्रेणीकरणको पहिलो स्थानमा रहेको छ। यसले उक्त समाचार संस्था अर्थात् ब्लूमबर्गको प्रतिष्ठालाई धुलिसात गरेको छ।

आजको युग अमेरिकालगायतका पश्चिमी मुलुकका सञ्चार-माध्यमले जनमतलाई हेरफेर गर्ने युग होइन। अमेरिकी सरकारले महामारी नियन्त्रण गर्न विफल भएको वास्तविकता देखिएको छ। विश्वका नागरिकहरूका आँखा उज्ज्वल छन्। पश्चिमी सञ्चार-माध्यमले कालोसेतो उल्टोपाल्टो पारेमा आफ्नै प्रतिष्ठा सकिनेछ। यसमा ब्लूमबर्ग नै सबैभन्दा राम्रो नकारात्मक उदाहरण हो।