चिनियाँ खोप “कोभ्याक्स”को खोप भण्डारमा प्रवेश
2021-07-14 20:42:03CRI
Share with:

चिनियाँ खोप “कोभ्याक्स”को खोप भण्डारमा प्रवेश_fororder_0714 锐评 yimiao-1

विश्व खोप गठबन्धन अर्थात् ग्यावीले हालै चिनियाँ साइनोफाम र साइनोभ्याक्ससँग छुट्टा छुट्टै रुपमा बिक्री सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। यो साइनोफाम र साइनोभ्याक्सले “कोभ्याक्स”को खोप भण्डारमा ‌‌‌औपचारिक रुपमा प्रवेश गरेको द्योतक हो। विकासोन्मुख मुलुकहरूको महामारीको रोकथाम तथा नियन्त्रणका लागि जुलाई महिनादेखि साइनोफाम र साइनोभ्याक्सले कोभ्याक्सलाई खोपको आपूर्ति गर्ने भएका छन्।

यो दुई महिनाअघि विश्व स्वास्थ्य संगठनले यी दुईवटा खोपलाई आकस्मिक प्रयोग सूचीमा थपेपछि अन्तर्राष्ट्रिय संस्थानले चिनियाँ खोपबारे दिएको अर्को अख्तियार स्वीकार हो। यो पनि वास्तविक कारवाहीमार्फत खोपलाई विश्वको सार्वजनिक वस्तुको रुपमा राख्ने सम्बन्धमा चीनले व्यवहारमा उतारेको प्रतिबद्धता हो।

वास्तवमा कोभ्याक्समा संमलग्न भएको साइनोफाम र साइनोभ्याक्सको सुरक्षा र प्रभावकारीता परीक्षण गरिएको छ। १०० वटाभन्दा बढी मुलुकले चिनियाँ खोपको प्रयोग गर्न अनुमति दिएका छन्। ३० भन्दा बढी विदेशी नेताहरूले चिनियाँ खोप लगाउनुभएको छ। यसबाट चिनियाँ खोपको क्षमताको प्रतिविम्वित भएको छ।

चिनियाँ खोप “कोभ्याक्स”को खोप भण्डारमा प्रवेश_fororder_0714 锐评 yimiao-2

चालु वर्षको मे महिनामा ब्राजिलको सेराना बस्तीमा चिनियाँ खोप लगाइएको समाचार फैलिएको छ। स्थानीय वासिन्दाहरूले साइनोभ्याक्स खोप लगाएपछि कोरोना भाइरसबाट मृत्यु भएकाहरूको संख्या ९५ प्रतिशत घटेको छ। अस्पतालमा उपचार लिएकाहरूको संख्या ८६प्र तिशत घटेको छ। “वाल स्ट्रिट जर्नल”ले जनाएअनुसार, सेराना बस्तीमा गरिएको परीक्षणले कोरोना भाइरस महामारीसँग लड्ने मुलुकहरूका लागि जाँगर थपेको छ। यसबाट पनि साइनोभ्याक्स खोपको सुरक्षा प्रमाणित भएको छ।

बेलायतको चिकित्सा पत्रिका लान्सेटले जुलाई ८ तारिख अनलाइनमा टर्कीमा साइनोभ्याक्सको तेस्रो चरणको क्लिनिकल परीक्षणको मध्यकालीन तथ्याङ्क प्रकाशित गर्दै दुई डोज खोप लगाइएको चौध दिनपछि संक्रमणको रोकथामको प्रभावकारीता ८३.५ प्रतिशत भएको जनाएको छ।

यसका साथै केही पश्चिमी सञ्चार-माध्यमहरूको धारणामा पनि परिवर्तन आएको छ। सीएनएनले हालै मंगोलिया, चिली, सेशेल्सआदि मुलुकहरूको छानबिन लेख प्रकाशित गर्दै कुनै पनि खोपले कोरोना भाइरसबारे शतप्रतिशतको प्रभावकारी रोकथाम गर्न नसक्ने कुरा जनाएको छ। जानकारीअनुसार, चिनियाँ खोपले गम्भीर संक्रमण र मृत्युको संख्या सीमित गर्दैछन्। चिनियाँ खोप नभएमा ती मुलुकहरूको अवस्था अझै गम्भीर हुनेछ।

यसबाहेक, अरू धेरै चिनियाँ खोप उद्योग-व्यवसायहरूले कोभ्याक्समा संलग्न हुने इच्छा प्रकट गरेका छन्। यसबाट अझै धेरै चिनियाँ खोपले विश्वको महामारी बिरुद्धका लागि सकारात्मक योगदान दिने कुरा प्रतिविम्वित भएको छ।