फुटिसकेको ऐना फेरि जोडिसकेको छ भन्ने कथा-1
2021-07-14 15:56:50cri
Share with:

फुटिसकेको ऐना फेरि जोडिसकेको छ भन्ने कथा-1_fororder_02

“ऐना” भनेको चीनको परम्मरागत साहित्यमा बारम्बार प्रयोग गरिन्दै आएको एक उपमित शब्द हो। जस्तै साहित्यकारहरुले पूर्णिमा चन्द्रलाई गोलाकार ऐना भन्दछन् भने कोहीले ऐनाको उज्ज्यालोपनाको प्रयोग गरी एक जना मानिसको मिजास कुनै दाग नभएको उपमा गर्दछन्। कहिलेकाँही ऐनाको प्रयोग गर्दै एक जना मानिसको मनमा ऐना जस्तै प्रकाश भई उनले कुनै कामकुराहरुप्रति स्पष्ट रुपमा बुझ्दै आएको उपमन गरिएको देखिन्छ। त्यसै गरी “फुटिसकेको ऐना फेरि जोडिसकिएको छ भन्ने कथा”ले सम्बन्ध विच्छेद गरिसकेका दम्पतीबाट पतिपत्नीको सम्बन्धको पुनर्स्थापना गरिएको उपमा गरिन्छ।

कथा यस्तै थियो रेः ख्राष्टाव्दी नवौं शताव्दीमा त्यसबेला उत्तर चीनमा व्वी नामक राज्य वंशको शक्ति बलियो थियो भने दक्षिण चीनमा चार पाँच वटा ससाना राज्यहरु थिए। च्यान खाङ्ग (अहिलेको नान चिङ्ग शहर)लाई सदरमुकामका रुपमा बनाइएको “छन” नामक राज्य तिनहरुमध्येको एक थियो। चीनको एकीकरण गर्ने उद्देष्यले स्वी राज्य वंशले दक्षिणतिरका ससाना राज्यहरुमाथि हरबखत आक्रमण गर्न खोज्थ्यो।

स्यू द यान नामक मान्छे छन राज्यका रजौटा छन सु पोका एक जना उच्च कर्मचारी थिए। उनले रजौटाकी बहिनी “ल छाङ्ग”नामक राजकुमारीलाई आफ्नी पत्नीका रुपमा बनाएका थिए र यी दम्पती आपस्तमा एकदमै माया प्रेम गर्दै आउँथे। तर त्यस बेलाको छन राज्य निकै भ्रष्टाचार थियो। कुनै एक दिनमा छन राज्य खत्तम हुन जान्छ भनेर स्यू द यान अनुमान गर्थे। त्यसै कारणले उन एकदमै चिन्ता गर्थे।

एक दिनमा उनले चिन्तित भएर आफ्नी पत्नीलाई बताएः “ए,मैयाँ कुनै एक दिनमा सम्पूर्ण देशभरि उपद्रव सम्भवतः उत्पन्न हुने छ । यसो हो भने त्यसबेला म राजाका संरक्षण गर्नेछु र बाध्य भएर हामी दम्पतिले अलगिएर बेग्लाबेग्लै ठाउँ जानु पर्छ। यदी हामी अझ पनि बाँचिरहन्छौं भने”फेरि भेला हुन सक्ने मौका पाउँछौं। त्यस दिनका लागि हामीले पूर्व निर्धारित एउटा चीज एक अर्काकहाँ सुरक्षित राखिराख्ने छौं। जससबाट भविष्यमै भेला गर्नका लागि प्रमाणित हुन सकोस्।”

राजकुमारी ल छाङ्गले आफ्ना श्रीमानका विचार र सुझाव मानेकी थिइन्। यसैबेला स्यू द यानले एउटा गोलाकार काँस्य ऐना लिई त्यसलाई दुई टुक्रा फुटाएका थिए र आधालाई आफुकहाँ एवम् अर्को आधालाई पत्नीकहाँ राखेका थिए। उनले बोल्दै राम्रोसित सुरक्षित राख भन्नुका साथै “ साँच्चिनै हामी बाध्य भई अलगिएर बेग्ला बेग्लै ठाउँ बस्ने हो भने चिनियाँ पात्रो अनुसार हरेक वर्षको जनवरीको पन्ध्र तारिखका दिनमा बजारमा गई त्यस आधा ऐनालाई ठूलो स्वरमा कराएर बेच्न आफ्ना समर्थक साथीलाई पठाउ”भनेर आफ्नी पत्नीलाई सम्झाउने गरे। उनले अझ बताएः “यदि म बाँचिरहेको छु भने सुसमाचार सुन्न पाउनका लागि म अवश्य नै त्यहाँ जाने छु र आधा आधा ऐनाको प्रमारणको आधारमा तिमीलाई भेला हुन जानेछु।”