#समाचार सन्दर्भ# "महामारी विरूद्धमा विश्वको नम्बर १ अमेरिका?" कसरी सिर्जना भयो?
2021-07-14 20:37:14CRI
Share with:

#समाचार सन्दर्भ# "महामारी विरूद्धमा विश्वको नम्बर १ अमेरिका?" कसरी सिर्जना भयो?_fororder_0714NHP (3)

खेलकुद प्रतियोगितामा निर्णायकहरुले स्कोरबाट निचोड निकाल्छन्। हामी प्रायले सुन्दै आएको हो कि “सबैभन्दा धेरै स्कोर ल्याउनेको जित र सबभन्दा कम स्कोर ल्याउनेको हार" । सबैलाई थाहा छ, यो खेलको न्यायपूर्ण र निष्पक्षताका लागि हो। तर आफूले आफैंलाई जिताउनका लागि नराम्रो सूचि हटाउने र हितकर मापदण्ड थप्ने कार्य तपाईं कतै देख्नुभएको छ?

चलचित्र र टिभी नाटकमा मात्र देखिने यस्तो विषय, अमेरिकी संस्था ब्लूमबर्गले चाहिँ आरामसँग गर्दछ!

#समाचार सन्दर्भ# "महामारी विरूद्धमा विश्वको नम्बर १ अमेरिका?" कसरी सिर्जना भयो?_fororder_0714NHP (2)

ब्लूमबर्गबाट सार्वजनिक पछिल्लो विश्वको महामारी बिरुद्ध श्रेणीकरणमा अमेरिका पहिलो स्थानमा रहेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीच्यानले पनि ब्लूमबर्गको उक्त प्रतिवेदन भूलवस प्रकाशित भएको हो कि भन्दै प्रश्न उठाउनुभयो।

अवश्य नै होइन! कोभिड-१९ बाट संक्रमित जनसंख्या र मृतकको संख्या सबैभन् बढी भएको अमेरिकालाई श्रेणीकरणको पहिलो स्थानमा राख्नका लागि ब्लूमबर्गले धेरै "स्मार्ट" अपरेसन गरेको छ।

उक्त पछिल्लो श्रेणीकरणले मूल्यांकन मापदण्ड बदलिएको छ। जसले संक्रमित जनसंख्या, मृतकलगायत केन्द्रीय कारक-तत्वहरू अटाउनुका साथै लकडाउन, निकास र प्रविष्टिको महामारी बिरुद्ध व्यवस्थापन नीतिलाई नकारात्मक कारक-तत्वको रुपमा राखेको छ। यसै गरी “अमेरिका पहिलो स्थानमा” नतिजा प्राप्त गर्नु कति उचित र सही देखिन्छ। अनि यो मापदण्डबमोजिम चीन आठौँ स्थानमा पर्दछ।

#समाचार सन्दर्भ# "महामारी विरूद्धमा विश्वको नम्बर १ अमेरिका?" कसरी सिर्जना भयो?_fororder_0714NHP (1)#समाचार सन्दर्भ# "महामारी विरूद्धमा विश्वको नम्बर १ अमेरिका?" कसरी सिर्जना भयो?_fororder_0714NHP (4)

यस्तो सूची देखेर पश्चिमी मुलुकका इन्टर्नेटप्रयोगकर्ताहरूले यस्तो प्रतिक्रिया जनाएका छन्- ‘अमेरिका पहिलो स्थानमा? खै कति हाँस्नू?’ ‘कति बकवास रहेछ ब्लुमबर्गको समाचार।’

अमेरिकामा स्थापित ब्लुमबर्ग एक व्यापारिक प्रेस संस्था हो र त्यसको मालिक डेमोक्रेटिक पार्टीका सदस्य हुन्। पश्चिमी संचारमाध्यमले प्रचारप्रसार गरेको प्रेस स्वतन्त्रता र निष्पक्षताप्रति धेरैजसो विश्वस्त थिए। तर ती पश्चिमी संचारमाध्यमले एकातिर अन्य मुलुकको विषयबारेमा नेदरवर्ल्ड फिल्टर, प्रेरित प्रश्न तथा अर्थलाई टुक्रा पारेर सम्पादन गरेर प्रयोग गरिएको छ भने अर्कातिर आफ्नो पक्षको लागि आफू कति राम्रो भनेर सूचीको अग्रस्थानमा राखिएको छ। यस्ता अचम्म लाग्दो अपरेशनहरूबाट पश्चिमी संचारमाध्यमको दोहोरो मापदण्डले वास्तविकतालाई स्पष्टसँग प्रतिविम्वित गरेको छ।

उता ‘विश्वको महामारी प्रतिरोधी सूची’मा पहिलो स्थान पाएको अमेरिकामा ३ करोड ४० लाख भन्दा बढी कोरोना संक्रमितहरू छन् भने हालसम्म ६ लाख भन्दा बढीको मृत्यु भइसकेको छ। के मृतकका नातेदारहरूले ब्लुमबर्गको नतिजाबारे विश्वास गर्छन्?

जे होस, महामारीको प्रभावकारी नियन्त्रण गर्दै सम्पन्न समाजको निर्माणमा दोस्रो सतवार्षिकी लक्ष्य उन्मुख अघि बढिरहेका चिनियाँ जनताको मनमा सो सूचीमा ठोस अर्थ छैन, खाना खाएपछिको गफमा चर्चा गर्न लायक मात्र पनि छैन।