#समाचार सन्दर्भ#चिनियाँ खोप विश्वको आशा
2021-07-15 10:32:36CRI
Share with:

#समाचार सन्दर्भ#चिनियाँ खोप विश्वको आशा_fororder_01

खोपका लागि विश्वव्यापी गठबन्धन अर्थात् गाभिले १२ तारिख एउटा विज्ञप्ति प्रकाशित गरी चीनको साइनोफार्म र साइनोभ्याक्ससँग छुट्टा छुट्टै गरी पूर्व खरिद सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएको छ। यसरी नै साइनोफार्म र साइनोभ्याक्सको कोभिड-१९ विरूद्ध खोप कोभ्याक्सको खोप भण्डारमा संलग्न भएको छ र यसै जुलाइ महिनादेखि खोभ्याक्सलाई खोप प्रदान गरेपछि विकासोन्मुख मुलुकको महामारी नियन्त्रणमा सहयोग पुग्न थालेको छ।

रोयटर्स समाचार एजेन्सीले जुन १२ तारिख एउटा रिपोर्ट प्रकाशित गर्दै चीनको साइनोफार्म मातहत राष्ट्रिय भ्याक्सिन र सिरम संस्थानले जुलाइदेखि अक्टोबरसम्म ६ करोड खोप प्रदान गर्ने साथै गाभिले सन् २०२१को अन्तिम त्रैमासिकमा अरू ६ करोड खोप खरिद गर्ने जनाएको छ। साथै सन् २०२२को पूर्वार्द्धमा  फेरि अरू ५ करोड खोप खरिद गर्ने र यसरी नै साइनोफार्मले जम्मा गरी १७ करोड डोज खोप प्रदान गर्ने कुरा समाचारमा लेखिएको छ। साइनोभ्याक्सले जुलाइदेखि सेप्टेम्बरसम्म ५ करोड डोज खोप प्रदान गर्नेछ साथै गाभिले सन् २०२१को अन्तिम त्रैमासिकमा अरू १५ करोड डोज खोप खरिद गर्नेछ भने सन् २०२२को पूर्वार्द्धमा फेरि अरू १८ करोड डोज खोप खरिद गर्नेछ यसरी नै साइनोभ्याक्सले जम्मा गरी ३८ करोड डोज खोप प्रदान गर्नेछ।

विज्ञप्तिमार्फत् गाभिका सीइओ साइस बर्कलीले चीनसँगको सम्झौताको स्वागत गर्दै यसबाट कोभ्याक्समा संलग्न विभिन्न पक्षले तत्काल खोप पाउन सक्ने विश्वास व्यक्त गर्नुभयो। विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सुमिया स्वामिनातानले दुई किसिमका चिनियाँ खोप कोभ्याक्सको खोप भण्डारमा संलग्न भएकोबारे विश्व स्वास्थ्य संगठनलाई निकै खुशी लागेको प्रतिक्रिया दिनुभयो। साथै उहाँले जुलाइ महिनादेखि खोप प्रदान गर्न सकिने पनि बताउनुयभो। उहाँले हाल ती खोपको अत्यन्तै ठूलो माग रहेकाले धेरै मुलुकले पर्खिरहेको पनि उल्लेख गर्नुभयो।

गत वर्षको मे महिनामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ७३औँ विश्व स्वास्थ्य सभामा चीनको कोभिड-१९ प्रतिरोधी खोप अनुसन्धान तथा संचालनमा ल्याएपछि विश्वको सार्वजनिक उत्पादनको रूपमा प्रदान गरी विकासोन्मुख मुलुकमा खोपको पहुँच र किफायतीका लागि योगदान गर्ने प्रष्ट्याउनुभएको थियो। यो नै सबै मुलुकलाई उचित, सुरक्षित, प्रभावकारी कोभिड-१९ विरूद्धका खोपहरू समान रूपमा पाउनसक्ने अवसरका लागि कोभ्याक्सले तोकेको लक्ष्य अनुकूल हुनेछ।

चीनले वचन दिएपछि त्यस्तै तरीकाले पालना पनि गरेको छ। खोप अनुसन्धान सफल भएपछि चीन नै तत्कालै विश्व खोप आपूर्ति श्रृंखलामा संलग्न भएको थियो। चीनको परराष्ट्र मन्त्रालयका अनुसार, चीन विकासोन्मुख मुलुकलाई सबभन्दा बढी खोप प्रदान गर्ने मुलुक हो भने हालसम्म विश्वका १००भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई ५० करोड डोजभन्दा बढी खोप प्रदान गरेको छ जुन वर्तमान विश्वको कूल उत्पादित मात्रामध्ये छ भागको एक भाग हुनजान्छ।

यसबाहेक चिनियाँ खोपले सुरक्षा तथा सुविधालगायत विशेषताको कारण धेरै मुलुकको स्वागत र प्रशंसा पाएको छ। चीनले विश्वमा खोपको न्यायिक आपूर्तिलाई बढाएबाट विकासोन्मुख मुलुक लगायत विश्वमा खोपको पहुँच र किफायतीलाई बढाउनुका साथै पश्चिमा मुलुकले खोपका नाममा गर्ने राजनीतिक तथा व्यापारिक स्वार्थको पनि प्रतिरोध गर्नसकिन्छ। यो त चीनले मानव भाग्य समुदायको अवधारणा पालना गर्ने व्यावहारिक कदम हो भने जिम्मेवार ठूलो मुलुकको चिनियाँ प्रतीक र मानवजातिको साझा हितको संरक्षण गर्ने प्रयास पनि हो।