#समाचार सन्दर्भ# सुपरहिरोले पनि अमेरिकी मानवअधिकारलाई बचाउन नसक्ने
2021-07-15 21:14:23CRI
Share with:

#समाचार सन्दर्भ# सुपरहिरोले पनि अमेरिकी मानवअधिकारलाई बचाउन नसक्ने_fororder_IMG_0739(20210715-210636).JPG

अमेरिकी चलचित्र तथा टेलिभिजन शृङ्खलामा भूकम्प, सुनामी, आतंकवाद आक्रमण...यी विभिन्न किसिमका प्राकृतिक तथा मानवीय प्रकोप सामु अमेरिकी शैलीको उद्धार दृश्य मन छुने खालका हुन्छन्। तर वास्तविक अवस्थामा अमेरिकी उद्धार स्थलको अवस्था कस्तो छ नि?

गत जुन २४ तारिख विहानै, अमेरिकी फ्लोरिडा राज्यको मियामी-डेड काउन्टीस्थित एक १२ तले भवनको केही भाग आकस्मिक रुपमा भत्कियो। दुर्घटना भएयता कुनै व्यक्तिलाई सफलताका साथ बचाएइको छैन। दुर्घटनाभएपछिको आधा महिनामा अर्थात् जुलाई ९ तारिखसम्म मियामी डेड काउन्टीका प्रमुख डानिला लैभिन कावाले सुसमाचार सुनाए कि उद्धार टोलीले भग्नावशेषबाट एउटा कालो बिरालोलाई बचाउन सफल भयो।

उद्धारको नतिजा किन यस्तो?

उद्धार स्थलको वास्तविक अवस्थाबारे जानकारी लिऔं—दुर्घटना भएपछिको १५ घण्टामा ततस्थानमै एउटा पनि उद्धार टोली पुगेको थिएन। किनभने अमेरिकी संघीय आपत्तकालीन कदम ब्युरोको पेशागत उद्धार टोलीले ह्वाइटहाउसको सम्बद्ध आदेशलाई पर्खिरहे र ह्वाइटहाउसले फ्लोरिडा राज्यका प्रमुखको वक्तव्यलाई पर्खिरहे अनि राज्य सरकारले मियामी शहरको वक्तव्यलाई पर्खिरहेछ। मानवअधिकार सार्वभौमसत्ताभन्दा सर्वोच्च भन्ने नारा बोक्ने अमेरिकामा यति ठूलो दुर्घटनाको सामना गर्दा उद्धारका लागि अघिल्ला ७२ घण्टाको वास्ता नगरी सबभन्दा मूल्यवान उद्धार समयलाई खेर फालिदिए।

#समाचार सन्दर्भ# सुपरहिरोले पनि अमेरिकी मानवअधिकारलाई बचाउन नसक्ने_fororder_1127598067_16246062835621n

बल्ल उद्धार टोली दुर्घटनास्थल पुगेपछि उद्धार टोलीका सदस्यहरूले आराम गर्ने समयको अक्षरशः पालना गर्दै अलिकति बिसन्चो लाग्नेबित्तिकै उद्धार कार्यबाट हटेर आराम गर्ने काम गरे।

जे भए पनि मानव अधिकारलाई सम्मान गर्नुपर्दछ! अवश्य पनि, यो खोजी तथा उद्धारकर्मीहरूको मानव अधिकार हो!

दुर्घटनास्थलमा चिन्तित रूपमा पर्खिरहेका आफन्तहरूले भग्नावशेषमुनि  क्रमशः हराउँदै गएको आवाज हताश रूपमा मात्र सुन्नुपर्‍यो। स्थानीय समय अनुसार, जुलाई १२ तारिख  दुर्घटनाबाट मृतकको संख्या ९४ पुगेको छ र अरू २२ जना अझै हराइरहेका छन्।

सीएनएनले तुरुन्त मृतकको सूची सार्वजनिक गरेको छ। जसमा नवविवाहित जोडी, गर्भवती महिला र बच्चाहरू छन्। एकातिर लगभग एक सय जनाको जीवन, अर्कातिर "१२ दिनसम्म बाँचेको चमत्कारिक बिरालो"। अमेरिकी सरकारले फेरि एकपटक यस्तो कार्यबाट जीवनको अधिकार र मानव अधिकारमाथि दिएको महत्त्व देखाएको छ। किनभने, अमेरिकाले एउटा बिरालोलाई पनि मर्न दिँदैन। त्यसो भए मानिसलाई नि।? उनीहरु अवश्य नै सक्दो प्रयास गरिरहेका छन्।

अमेरिकाले आफ्नो देशका नागरिकको मानव अधिकारको प्रत्याभूति गर्दा के के काम गरेको छ? चालु वर्षको शुरुमा टेक्सास राज्यमा चिसो हावाको प्रकोपको बेलामा सरकारको विजुली मूल्यमा २०० गुणा बढेको थियो। टेक्सास राज्यका गभर्नरले विजुली र पानीको अभाव भएका सर्वसाधारणलाई आफैले बिकल्प खोज्न भनेका थिए। त्यसैले दर्जनौं व्यक्ति चिसो हावाको प्रकोपबाट मर्न वाध्य भए। कोरोना भाइरस महामारीबाट अमेरिकामा ६ लाख २० हजार व्यक्तिको मृत्यु भएको छ र मृत्यु भएकाहरूको संख्या विश्वको पहिलो स्थानमा रहेको छ।

 #समाचार सन्दर्भ# सुपरहिरोले पनि अमेरिकी मानवअधिकारलाई बचाउन नसक्ने_fororder_9922720e0cf3d7ca3e887dd48363aa016a63a99e

उस्तै दुर्घटना पनि चीनमा भएको छ। जुलाई १२ तारिख दिउँसो तीन बजे चीनको सुचौ शहरको एउटा होटेल भत्कियो। जुलाई १४ तारिख विहान नौ बजेसम्म उद्धार कार्य सम्पन्न भइसकेको थियो। उक्त दुर्घटनामा २३ जना व्यक्ति फसेका थिए। तीमध्ये एक जना सकुसल घर फर्किए भने पाँच जना घाइतेको अस्पतालमा उपचार भएको छ। सत्र जनाको दुःख मृत्यु भएको थियो।

प्रकोपअगाडि मानव अधिकारलाई सम्मान र चमत्कारको सिर्जना यसरी देख्न सकिन्छ।