चिनियाँ अर्थतन्त्र स्थिरताका साथ राम्रो दिशातर्फ विकासित हुँदै
2021-07-15 20:43:31CRI
Share with:

चिनियाँ अर्थतन्त्र स्थिरताका साथ राम्रो दिशातर्फ विकासित हुँदै_fororder_0715 ruiping (2)

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले जुलाई १५ तारिख चालु वर्षको पूर्वार्द्धमा गार्हस्थ अर्थतन्त्रको तथ्याङ्क सार्वजनिक गरेको छ। प्रारम्भिक हिसाबअनुसार, पूर्वार्द्धमा कुल गार्हस्थ उत्पादनको कुल रकम ५३२ खर्ब १६ अर्ब ७० करोड चिनियाँ युआन भएको छ। उपभोग, लगानी र वैदेशिक व्यापार “तीन वटा स्तम्भ” स्थिरताका साथ विकास भएको छ। यसले चीनको अर्थतन्त्र स्थिरताका साथ राम्रो दिशातर्फ विकास भएको छ।

चालु वर्षको पूर्वार्द्धमा अन्तिम उपभोगको खर्चले चीनको आर्थिक बृद्धिका लागि दिएको योगदान दर ६१.७ प्रतिशत पुगेको छ। पछिल्लो तथ्याङ्कअनुसार, चीनको सामाजिक उपभोग्य वस्तुको खुद्रा-बिक्री रकम ३७ खर्ब ५८ अर्ब ६० करोड चिनियाँ युआन पुगेको र गत वर्षको सोही अवधिको तुलनामा १२.१ प्रतिशतले बृद्धि भएको छ। विदेशी सञ्चार-माध्यमले जनाएअनुसार, उपभोगको खर्ब बढेको कुराबाट चीनको आर्थिक पुनरुत्थान निरन्तर, स्थिर र सन्तुलित भएको देखिन्छ।

चिनियाँ अर्थतन्त्र स्थिरताका साथ राम्रो दिशातर्फ विकासित हुँदै_fororder_0715 ruiping (1)

चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको आयात-निर्यातमा तीब्र रुपमा बृद्धि भएको छ। चालु वर्षको पूर्वार्द्धमा सामानको आयात-निर्यात कुल रकम गत वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशतले बृद्धि भएको छ र सन् २०१९ को सोही अवधिको तुलनामा २२.८ प्रतिशतले बृद्धि भएको छ। 

यसबाहेक, लगानी क्रमशःपुनःसुध्रिएको छ। उच्च प्रविधि व्यवसायको लगानी, समाज क्षेत्रको लगानीमा विगत दुई वर्षमा ‌‌औसतमा १४.६ प्रतिशत र १०.७ प्रतिशतले बृद्धि भएको छ। यसबाट हेर्दा लगानी बनौटको निरन्तर रुपमा सुधारले चीनको अर्थतन्त्रको उच्च गुणस्तरको र दिगो विकासका लागि जीवन्त शक्ति ल्याएको छ।

“तीन वटा स्तम्भ”ले चीनको अर्थतन्त्रको स्थिर पुनरुत्थानलाई अगाडि बढाएको छ। विदेशले पनि चीनको अर्थतन्त्रको निहित शक्ति देखेको छ। अन्तर्राष्ट्रिय प्रसिद्ध समष्टिगत अर्थतन्त्रको अनुसन्धान संस्थान एमआरबी पान्टनर्सले गत साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सशक्त उपभोगआदि कारक-तत्वहरूमा निर्भर भएर भविश्यमा चीनले विश्वको आर्थिक बृद्धिका लागि सशक्त टेवा उपलब्ध गराउने छ।