सी चिनफिङ एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेताको अनौपचारिक सम्मेलनमा सहभागी हुनुहुने
2021-07-15 14:58:32cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले जुलाई १५ तारिख जनाए अनुसार, न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्दा आर्डेनको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ जुलाई १६ तारिख पैचिङबाट भिडियोमार्फत एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेताको अनौपचारिक सम्मेलनमा सहभागी हुनुहुने छ।

 

सो सम्मेलन एशिया प्रशान्त आर्थिक सहयोग संगठनको वर्तमान अध्यक्ष न्युजिल्याण्डको प्रस्ताव बमोजिम आयोजना गरिन लागेको हो। “नयाँ कोरोना भाइरस महामारीको पृष्ठभूमिमा एशिया प्रशान्त क्षेत्रले अवसर र सहयोगमार्फत स्वास्थ्य संकटको सामना गर्दै आर्थिक पुनरूत्थानलाई छिटो रूपमा भावी विकासका लागि अझ राम्रो जग बसाल्ने” भन्ने सो सम्मेलनको मुख्य विषय रहेको छ।